काठमाडौं- भारतको जारी साफ च्याम्पियनसिपअन्तर्गत शनिबार नेपालले भातको सामना गर्दैछ। भारतको बैंगलोरमा हुने तय भएको खेलमा नेपालले आयोजक देशको सामना गर्न लागेको हो। प्रतियोगिताको सेमीफाइनमा यात्रा तय गर्नका लागि पनि नेपालले आज कम्तीमा जित निकाल्नै पर्नेछ। नेपालले हार खेपेको अवस्थामा भारत अर्को चरणमा प्रवेश गर्नेछ।
भारतलाई हराउन नेपालका लागि सहज छैन। पछिल्ला चार खेलमा नेपालले भारतलाई हराउन सकेको छैन।
यसअघि साफ च्याम्पियन्सिपको तयारीमा रहेको नेपाल र भारतले दुई मैत्रीपूर्ण खेल खेलेका थिए। त्यसको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको छ भने दोस्रो खेलमा नेपाले २–१ को हार व्यहोरेको थियो। त्यस्तै, मालेमा भएको साफमा पनि नेपालले भारतसँग दुई खेल खेल्दा दुवै खेलमा हार मिलेको थियो।
यी सबै खेलको हिसाब गर्दा २३ खेलसम्म नेपालले दुई जित (एक जित पेनाल्टी सुटआउटमा), ६ बराबरी र १६ हार बेहोरिसकेको छ। अर्थात् भारतले १६ खेलमा जित निकालिसकेको छ।
नेपालले साफका उद्घाटन खेलमा कुवेतसँग हार व्यहोरिसकेको छ। त्यसैले अबको खेलमा नेपाललाई जितको विकल्प छैन।
नेपाल र भारतबीचका २३ खेलको नतिजाः
मिति – नतिजा – प्रतियोगिता
२१–१२–१९८५ भारत ०–० नेपाल साग गेम्स
२३–१२–१९८५ भारत २–० नेपाल साग गेम्स
३१–११–१९८७ भारत १–० नेपाल साग गेम्स
२६–१०–१९८९ भारत २–१ नेपाल साग गेम्स
२१–७–१९९३ भारत १–० नेपाल साफ च्याम्पियनसिप
२१–७–१९९३ भारत १ –० नेपाल साफ च्याम्पियनशिप
१८ –१२–१९९३ भारत २–२ नेपाल साफ गेम्स
२२–१२–१९९३ नेपाल २–२ (४–३) भारत साफ गेम्स
५–१२–१९९८ नेपाल ०–१ भारत एसियाली खेलकुद
३०–९–१९९९ नेपाल ०–४ भारत साफ गेम्स
८–१२–२००५ भारत २–१ नेपाल साफ च्याम्पियनशिप
३–६–२००८ भारत ४–० नेपाल साफ च्याम्पियनशिप
७–१२–२००९ भारत १–० नेपाल साफ च्याम्पियनशिप
२८–८–२०१२ भारत ०–० नेपाल मैत्रीपूर्ण
५– ९–२०१३ नेपाल २–१ भारत साफ च्याम्पियनशिप
१९–११–२०१३ भारत २–० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
१२–३–२०१५ भारत २–० नेपाल विश्वकप छनोट
१७–३–२०१५ नेपाल ०–० भारत विश्वकप छनोट
२७–१२–२०१५ भारत ४–१ नेपाल साफ च्याम्पियनशिप
६–६–२०१७ भारत २–० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
२–९–२०२१ नेपाल १–१ भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
५–९–२०२१ नेपाल ०–२ भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
१०–१०–२०२१ नेपाल ०–१ भारत साफ च्याम्पियनसिप
१६–१०–२०२१ नेपाल ०–३ भारत साफ च्याम्पियनसिप


