२०८३ भदौ ३० गते मङ्गलबार

भोटेकोसी बाढीले एक दर्जन आयोजनामा ठूलो क्षति, ४३१ मेगावाट बिजुली उत्पादन बन्द

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
flood_rusuwa

काठमाडौं। तिब्बतको भोटेकोसीमा हिमपहिरो फुटेर आएको भीषण बाढीले रसुवा जिल्लामा सञ्चालनमा रहेका सबै जलविद्युत आयोजना बन्द भएका छन्। बाढीका कारण ४३१ मेगावाट बिजुली आपूर्ति बन्द भएको छ।

११ जलविद्युत र एक २५ मेगावाटको सोलार परियोजना भएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। यसरी बन्द हुने आयोजनाहरुमा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुली (सान्जेन) १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको तल्लो सान्जेन र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा ठूलो क्षति हुँदा बिजुली उत्पादन बन्द भएको हो।

यसैगरी २० मेगावाटको लाङटाङ जलविद्युत आयोजना, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, १४.८ मेगावाटको माथिल्लो मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देविघाट र २५ मेगावाटको सोलार परियोजना बन्द भएको मन्त्रालयले जनाएको छ।

बाढीले निर्माणाधीन प्रत्यक्ष वैदेशिक लगानीका ठूला आयोजनाहरूमा समेत ठूलो धक्का पुर्याएको छ। कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका भौतिक संरचनाहरू बाढीका कारण क्षतिग्रस्त भएका छन्।

त्यसैगरी, १२० मेगावाटको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको मुख्य संरचना तथा पहुँचमार्गमा क्षति पुगेको छ भने ६.४२ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो मैलुङ–ए आयोजना पनि बाढीका कारण प्रभावित भएको छ। यसरी निर्माणाधीन ३४२ मेगावाट क्षमताका तीन आयोजनामा प्रत्यक्ष क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।

जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेशन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बाढीका कारण जनधनसँगै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित भई सहयोग गर्न आग्रह गरेको छ।

नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका नागरिक तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन र थप जोखिम देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत अनुरोध गरिएको छ। प्राधिकरणले आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार र अफवाहमा विश्वास नगर्न पनि आग्रह गरेको छ।

विद्युत् आपूर्ति नियमित बनाउन हरसम्भव प्रयास भइरहेको जनाउँदै प्राधिकरणले आपूर्ति पूर्ण रूपमा नियमित नहुँदासम्म धैर्य गर्न र सोहीअनुसार सूचना प्रवाह गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

 

प्रकाशित: २०८३ भदौ १० गते बुधबार १२:४२
प्रतिक्रिया

थप समाचार

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउँछौँ: पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने बताएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएकोमा...

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई २ अर्ब जरिवाना

झापा: सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना...

कालिका कालिगण्डकी अर्धजलासय आयोजनाको क्षमता बढेर पुग्यो ४७.७ मेगावाट

मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो।

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...

नेपाल–भारत विद्युत् व्यापारका लागि १८ किमि प्रसारण लाइन तयार

काठमाडौँ: नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। मिलेनियम...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना