काठमाडौँ: रसुवा बाढीले पूर्वाधार क्षेत्रमा मात्रै करिब २ खर्बको क्षति भएको अनुमान पूर्वाधारमन्त्री सुनिल लम्सालले गरेका छन्।
बुधबार बिहानको बाढीपछि भएको क्षतिबारे सोधिएको प्रश्नमा उनले २ खर्ब हाराहारी क्षति भएको जानकारी प्राप्त भएको बताए। पुल र सडकालाई निर्माणलाई प्राथमिकता दिएर छिटो बनाइने उनको भनाइ रहेको छ।
बुधबार बिहान चीनतर्फ भएर रसुवाको भोटेकोशीमा आकस्मिक ठूलो बाढी आएको थियो। उक्त बाढीले रसुवासहित नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ।