२०८३ कार्तिक १६ गते आईतबार

निजी क्षेत्र सुस्त हुँदा कर्जा विस्तार लक्ष्य भन्दा कम, निक्षेप १३.९ प्रतिशत बढ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
loan

काठमाडौँः गत आर्थिक वर्ष २०८२/०८३ मा कर्जा विस्तारको लक्ष्य भेट्याउन बैंक तथा वित्तीय संस्थाहरु असफल भएका छन्। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो। आर्थिक वर्ष सकिँदा कर्जा ६.५ प्रतिशत मात्रै बढेको छ। लक्ष्यको तुलनामा वास्तविक कर्जा प्रवाह आधा कम देखिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशत अर्थात् ३ खर्ब ५९ अर्ब ३६ करोड रुपैयाँ बढेर ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकको लिएको लक्ष्य पुरा हुन झण्डै ७ खर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्ने थियो।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो कर्जा ८.४ प्रतिशत अर्थात् ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँले बढेको थियो। अघिल्लो वर्षको भन्दा गत वर्ष कर्जा प्रवाह खुम्चिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

असार मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.१ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी दुई क्षेत्रको हिस्सा क्रमशः ६२.८ र ३७.२ प्रतिशत थियो।

त्यस्तै, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वाणिज्य बैंकहरूको ६.५, विकास बैंकहरूको ७ र वित्त कम्पनीहरूको ५.४ प्रतिशत बढेको छ।

क्षेत्रगत रूपमा निर्माण क्षेत्रमा सबैभन्दा बढी १८.६ प्रतिशत बढेको छ। त्यस्तै, उपभोग्य क्षेत्रमा १७.८, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १५, औद्योगिक उत्पादन क्षेत्रमा ५.२, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा ५ र सेवा उद्योग क्षेत्रमा ४.४ प्रतिशत कर्जा वृद्धि भएको छ। कृषि क्षेत्रमा प्रवाहित कर्जा भने १.८ प्रतिशत घटेको छ।

कर्जाको प्रकृतिअनुसार ट्रस्ट रिसिट (आयात) कर्जा ३२.२ प्रतिशत बढेको छ। त्यस्तै, मार्जिन प्रकृतिको कर्जा १८.३, हायर पर्चेज कर्जा ११.१, माग तथा अन्य चालु पुँजी कर्जा ७.३, रियल स्टेट कर्जा ६.९, अधिविकर्ष (ओभर ड्राफ्ट) कर्जा ५.२ र आवधिक कर्जा ४.३ प्रतिशत बढेको छ। क्यास क्रेडिट कर्जा भने १.८ प्रतिशत घटेको छ।

निक्षेप १४ प्रतिशत बढ्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन भने १३.९ प्रतिशत बढेको छ। असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ८२ खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा निक्षेप परिचालन १२.६ प्रतिशतले बढेको थियो।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि निजी क्षेत्रमा कर्जाको माग अपेक्षाअनुसार विस्तार हुन नसकेको देखिएको छ। कर्जा विस्तारको लक्ष्य र वास्तविक वृद्धिबीच ५.५ प्रतिशत बिन्दुको अन्तर रहेको छ। यस्तै ब्याजदर घटेर न्यूनम विन्दुमा आएको छ।

ब्याजदर घटे पनि कर्जा विस्तार सुस्त

समीक्षा अवधिमा बैंकिङ प्रणालीमा ब्याजदर भने उल्लेख्य रूपमा घटेको छ। २०८२ असारमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.८५ प्रतिशत रहेकोमा २०८३ असारमा घटेर ६.५५ प्रतिशतमा सीमित भएको छ।

त्यस्तै, विकास बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.९५ बाट घटेर ७.७० र वित्त कम्पनीहरूको १०.२२ बाट घटेर ८.५५ प्रतिशतमा आएको छ।

वाणिज्य बैंकहरूको औसत आधार दर पनि ६.०२ प्रतिशतबाट घटेर ४.८३ प्रतिशत कायम भएको छ। विकास बैंकहरूको आधार दर ८.०३ प्रतिशतबाट ६.५८ र वित्त कम्पनीहरूको ८.९७ बाट ७.०९ प्रतिशतमा आएको छ।

निक्षेपको भारित औसत ब्याजदरसमेत घटेको छ। २०८२ असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.१९ प्रतिशत रहेकोमा २०८३ असारमा ३.२१ प्रतिशतमा झरेको छ। विकास बैंकहरूको ४.८८ प्रतिशतबाट ३.५६ प्रतिशत र वित्त कम्पनीहरूको ६.०१ प्रतिशतबाट ४.३१ प्रतिशतमा आएको छ।

यस्तै, ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९५ प्रतिशतबाट घटेर २.३२ प्रतिशतमा आएको छ। बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर पनि २.९६ प्रतिशतबाट घटेर २.७५ प्रतिशतमा झरेको छ।

यसरी ब्याजदर तथा बैंकहरूको आधार दर घटे पनि निजी क्षेत्रमा कर्जा प्रवाहको वृद्धि भने लक्ष्यअनुसार हुन सकेन। राष्ट्र बैंकको तथ्यांकले बैंकिङ प्रणालीमा निक्षेप संकलन उल्लेख्य रूपमा बढेको भए पनि व्यवसायीको मनोबल कमजोर हुँदा निजी क्षेत्रमा कर्जाको विस्तार हुन नसकेको देखाएको छ।

प्रकाशित: २०८३ भदौ १४ गते आईतबार ११:२५
प्रतिक्रिया

थप समाचार

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...

२२ करोड घाटाबाट १० करोड नाफामा फर्कियो सिटिजन्स बैंक, खराब कर्जा कति?

बैंकको नाफामा सुधार आउनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र सञ्चालन खर्च नियन्त्रणमा रहनु हो। स

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड नाघ्यो

काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा...

एनएमबी बैंकको नाफा २७ प्रतिशत बढ्यो, तीन महिनामा १ अर्ब १६ करोड

काठमाडौँः एनएमबी बैंकको खुदनाफा २७.११ प्रतिशत बढेको छ। बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासको सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना