२०८३ कार्तिक १४ गते शुक्रबार

मर्जरले फेरिएको बैंकिङ क्षेत्र: आजका बैंकहरूको पछाडि दर्जनौं संस्थाको इतिहास

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
bank

काठमाडौँः एक दशकअघि नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या धेरै थियो। एउटै जिल्लामा पनि फरक–फरक नामका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सञ्चालनमा थिए। तर, पछिल्ला वर्षमा भएको मर्जर तथा प्राप्तिको लहरले नेपालको बैंकिङ क्षेत्रको नक्सा नै बदलिदिएको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई तुलनात्मक रूपमा बलियो, प्रतिस्पर्धी र ठूलो बनाउन मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेपछि धेरै संस्था एक–अर्कामा गाभिए। कतिपय बैंकले त विगतमा रहेका आधा दर्जनभन्दा बढी संस्था समेट्दै अहिलेको स्वरूप पाएका छन्।

यसकारण आज देखिने एउटा बैंकको नाम हेर्दा त्यसको पछाडिको इतिहास भने निकै लामो देखिन्छ।

मर्जर तथा प्राप्तिको प्रभाव वाणिज्य बैंकदेखि विकास बैंक र फाइनान्स कम्पनीसम्म देखिन्छ। ठूला वाणिज्य बैंकको इतिहास हेर्दा विगतका विभिन्न बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी अहिले एउटै संस्थाको हिस्सा बनिसकेका छन्।

१. वाणिज्य बैंक

नबिल बैंक
नबिल बैंकको पछिल्लो विस्तारमा नेपाल बंगलादेश बैंकसँगको एकीकरण महत्वपूर्ण रह्यो। नेपाल बंगलादेश बैंकसँगै नेपाल बंगलादेश फाइनान्स र नेपाल श्रीलंका मर्चेन्ट फाइनान्सलगायत संस्थाको इतिहास पनि यस समूहसँग जोडिएको देखिन्छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि लामो मर्जर इतिहासबाट बनेको बैंक हो। यसको इतिहासमा नेपाल इन्भेष्टमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, मेगा बैंक, पश्चिमाञ्चल डेभलपमेन्ट बैंक र टुरिजम डेभलपमेन्ट बैंकलगायत संस्थाको योगदान जोडिएको छ।

हिमालयन बैंक
हिमालयन बैंकको वर्तमान संरचनामा सिभिल बैंकको एकीकरण महत्वपूर्ण छ। सिभिल बैंक प्राप्तिपछि हिमालयन बैंकको व्यवसाय, शाखा सञ्जाल र ग्राहक आधार थप विस्तार भएको हो।

कुमारी बैंक
कुमारी बैंक र एनसीसी बैंकबीचको मर्जरले पनि बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन ल्यायो। यी दुई बैंकसँग विगतमा जोडिएका विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीको इतिहाससमेत अहिलेको संस्थागत संरचनामा समेटिएको छ।

कुमारी बैंक र एनसीसी बैंकबीच २०७९ पुस १७ गते मर्जर भएको थियो।

ग्लोबल आइएमई बैंक
मर्जर तथा प्राप्तिको सबैभन्दा लामो शृंखला देखिने बैंकमध्ये ग्लोबल आइएमई पनि हो।

ग्लोबल बैंकसँगै आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, जनता बैंक, कमर्ज एन्ड ट्रस्ट बैंकलगायत संस्था विभिन्न चरणमा एकीकृत हुँदै अहिलेको ग्लोबल आइएमई बैंक बनेको हो।

त्यसपछि बैंक अफ काठमाण्डूसँग समेत मर्जर भयो।

प्रभु बैंक
प्रभु बैंकको इतिहास पनि विभिन्न वित्तीय संस्थाको एकीकरणसँग जोडिएको छ।

प्रभु फाइनान्स, किस्ट बैंक, ग्रान्ड बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकलगायत संस्थासँगको मर्जर तथा प्राप्तिपछि प्रभु बैंकको वर्तमान संरचना बनेको हो।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी बैंक र सनराइज बैंकको मर्जरपछि लक्ष्मी सनराइज बैंक बनेको हो। दुवै बैंकमा यसअघि भएका मर्जर तथा प्राप्तिका कारण उनीहरूसँग जोडिएका अन्य संस्थाको इतिहास पनि अहिलेको बैंकमा समेटिएको छ।

एनएमबी बैंक
एनएमबी बैंकको विस्तारमा क्लिन इनर्जी डेभलपमेन्ट बैंक, पाथीभरा विकास बैंक, भृकुटी विकास बैंक र ओम डेभलपमेन्ट बैंकलगायत संस्थाको योगदान छ।

२. विकास बैंकमा पनि ठूलो परिवर्तन

मर्जरको प्रभाव वाणिज्य बैंकमा मात्र सीमित छैन। विकास बैंकको क्षेत्रमा पनि ठूलो संख्यामा संस्था एकीकृत भएका छन्।

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले पनि मर्जर तथा प्राप्तिमार्फत आफ्नो आकार विस्तार गरेको छ। सिभिक डेभलपमेन्ट बैंक यसको इतिहासमा जोडिएको प्रमुख संस्था हो। साथै, यो बैंकले अझै २ ओटा कम्पनीलाई मर्ज गर्ने प्रक्रिया अगाढि बढाएको छ । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने उद्देश्यले प्रारम्भिक सम्झौता गरिसकेको छ।

गरिमा विकास बैंक
गरिमा विकास बैंकको इतिहासमा गरिमासँगै नीलगिरि, शुभेच्छा र सहारा विकास बैंकलगायत संस्थाको एकीकरण जोडिएको छ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
शाइन रेसुङ्गा पनि विभिन्न संस्थाको एकीकरणबाट बनेको विकास बैंक हो। शाइन, रेसुङ्गा, गौमुखी, पूर्णिमा र भार्गव विकास बैंकलगायत संस्था यसको मर्जर तथा प्राप्ति इतिहासमा जोडिएका छन्।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंक पनि दुई छुट्टाछुट्टै संस्थाको एकीकरणबाट बनेको हो। कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर भएपछि अहिलेको कामना सेवा विकास बैंक बनेको हो।

यससँगै कास्की फाइनान्सको इतिहास पनि यस संस्थाको विगतसँग जोडिएको छ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकको इतिहास पनि विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीको एकीकरणसँग जोडिएको छ। विभोर सोसाइटी र लुम्बिनी फाइनान्सलगायत संस्थाको मर्जर प्रक्रियाबाट अहिलेको लुम्बिनी विकास बैंकको संरचना बनेको हो।

३. फाइनान्स कम्पनीमा पनि मर्जरको प्रभाव

मर्जरको प्रक्रिया वाणिज्य र विकास बैंकमा मात्र रोकिएको छैन। फाइनान्स कम्पनीमा समेत एकीकरण जारी छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पोखरा फाइनान्स र समृद्धि फाइनान्स २०८३ असार २६ गते मर्जर भएका छन्। मर्जरपछि संयुक्त कारोबार पोखरा फाइनान्सकै नामबाट सञ्चालन भएको छ।

यसले पछिल्लो समय पनि वित्तीय संस्थाको एकीकरण प्रक्रिया पूर्ण रूपमा रोकिएको छैन भन्ने देखाउँछ।

बैंकको नाम फेरिए, तर इतिहास जोडिँदै गयो
नेपालको बैंकिङ क्षेत्रको पछिल्लो यात्रा हेर्दा मर्जर तथा प्राप्तिले संस्थाको संख्या मात्र घटाएको छैन, बैंकहरूको आकार र पहुँचसमेत बढाएको छ।

कुनै समय छुट्टाछुट्टै नाममा सञ्चालनमा रहेका बैंक, विकास बैंक र फाइनान्स कम्पनी अहिले एउटै संस्थाको हिस्सा बनेका छन्। त्यसैले अहिलेको बैंकिङ नक्सा हेर्दा बैंकको संख्या घटेको देखिए पनि ती बैंकभित्र समेटिएको पुरानो संस्थाको इतिहास भने निकै ठूलो छ।

मर्जरको यो प्रक्रियाले पुराना धेरै संस्था हराएका छन्, तर उनीहरूको व्यवसाय, ग्राहक, शाखा र इतिहास नयाँ बैंकको संरचनाभित्र निरन्तर रहेको छ।

प्रकाशित: २०८३ भदौ २९ गते सोमबार ०७:४२
प्रतिक्रिया

थप समाचार

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना