२०८३ भदौ ३० गते मङ्गलबार

मर्जरले फेरिएको बैंकिङ क्षेत्र: आजका बैंकहरूको पछाडि दर्जनौं संस्थाको इतिहास

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
bank

काठमाडौँः एक दशकअघि नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या धेरै थियो। एउटै जिल्लामा पनि फरक–फरक नामका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सञ्चालनमा थिए। तर, पछिल्ला वर्षमा भएको मर्जर तथा प्राप्तिको लहरले नेपालको बैंकिङ क्षेत्रको नक्सा नै बदलिदिएको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई तुलनात्मक रूपमा बलियो, प्रतिस्पर्धी र ठूलो बनाउन मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेपछि धेरै संस्था एक–अर्कामा गाभिए। कतिपय बैंकले त विगतमा रहेका आधा दर्जनभन्दा बढी संस्था समेट्दै अहिलेको स्वरूप पाएका छन्।

यसकारण आज देखिने एउटा बैंकको नाम हेर्दा त्यसको पछाडिको इतिहास भने निकै लामो देखिन्छ।

मर्जर तथा प्राप्तिको प्रभाव वाणिज्य बैंकदेखि विकास बैंक र फाइनान्स कम्पनीसम्म देखिन्छ। ठूला वाणिज्य बैंकको इतिहास हेर्दा विगतका विभिन्न बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी अहिले एउटै संस्थाको हिस्सा बनिसकेका छन्।

१. वाणिज्य बैंक

नबिल बैंक
नबिल बैंकको पछिल्लो विस्तारमा नेपाल बंगलादेश बैंकसँगको एकीकरण महत्वपूर्ण रह्यो। नेपाल बंगलादेश बैंकसँगै नेपाल बंगलादेश फाइनान्स र नेपाल श्रीलंका मर्चेन्ट फाइनान्सलगायत संस्थाको इतिहास पनि यस समूहसँग जोडिएको देखिन्छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि लामो मर्जर इतिहासबाट बनेको बैंक हो। यसको इतिहासमा नेपाल इन्भेष्टमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, मेगा बैंक, पश्चिमाञ्चल डेभलपमेन्ट बैंक र टुरिजम डेभलपमेन्ट बैंकलगायत संस्थाको योगदान जोडिएको छ।

हिमालयन बैंक
हिमालयन बैंकको वर्तमान संरचनामा सिभिल बैंकको एकीकरण महत्वपूर्ण छ। सिभिल बैंक प्राप्तिपछि हिमालयन बैंकको व्यवसाय, शाखा सञ्जाल र ग्राहक आधार थप विस्तार भएको हो।

कुमारी बैंक
कुमारी बैंक र एनसीसी बैंकबीचको मर्जरले पनि बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन ल्यायो। यी दुई बैंकसँग विगतमा जोडिएका विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीको इतिहाससमेत अहिलेको संस्थागत संरचनामा समेटिएको छ।

कुमारी बैंक र एनसीसी बैंकबीच २०७९ पुस १७ गते मर्जर भएको थियो।

ग्लोबल आइएमई बैंक
मर्जर तथा प्राप्तिको सबैभन्दा लामो शृंखला देखिने बैंकमध्ये ग्लोबल आइएमई पनि हो।

ग्लोबल बैंकसँगै आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, जनता बैंक, कमर्ज एन्ड ट्रस्ट बैंकलगायत संस्था विभिन्न चरणमा एकीकृत हुँदै अहिलेको ग्लोबल आइएमई बैंक बनेको हो।

त्यसपछि बैंक अफ काठमाण्डूसँग समेत मर्जर भयो।

प्रभु बैंक
प्रभु बैंकको इतिहास पनि विभिन्न वित्तीय संस्थाको एकीकरणसँग जोडिएको छ।

प्रभु फाइनान्स, किस्ट बैंक, ग्रान्ड बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकलगायत संस्थासँगको मर्जर तथा प्राप्तिपछि प्रभु बैंकको वर्तमान संरचना बनेको हो।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी बैंक र सनराइज बैंकको मर्जरपछि लक्ष्मी सनराइज बैंक बनेको हो। दुवै बैंकमा यसअघि भएका मर्जर तथा प्राप्तिका कारण उनीहरूसँग जोडिएका अन्य संस्थाको इतिहास पनि अहिलेको बैंकमा समेटिएको छ।

एनएमबी बैंक
एनएमबी बैंकको विस्तारमा क्लिन इनर्जी डेभलपमेन्ट बैंक, पाथीभरा विकास बैंक, भृकुटी विकास बैंक र ओम डेभलपमेन्ट बैंकलगायत संस्थाको योगदान छ।

२. विकास बैंकमा पनि ठूलो परिवर्तन

मर्जरको प्रभाव वाणिज्य बैंकमा मात्र सीमित छैन। विकास बैंकको क्षेत्रमा पनि ठूलो संख्यामा संस्था एकीकृत भएका छन्।

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले पनि मर्जर तथा प्राप्तिमार्फत आफ्नो आकार विस्तार गरेको छ। सिभिक डेभलपमेन्ट बैंक यसको इतिहासमा जोडिएको प्रमुख संस्था हो। साथै, यो बैंकले अझै २ ओटा कम्पनीलाई मर्ज गर्ने प्रक्रिया अगाढि बढाएको छ । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने उद्देश्यले प्रारम्भिक सम्झौता गरिसकेको छ।

गरिमा विकास बैंक
गरिमा विकास बैंकको इतिहासमा गरिमासँगै नीलगिरि, शुभेच्छा र सहारा विकास बैंकलगायत संस्थाको एकीकरण जोडिएको छ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
शाइन रेसुङ्गा पनि विभिन्न संस्थाको एकीकरणबाट बनेको विकास बैंक हो। शाइन, रेसुङ्गा, गौमुखी, पूर्णिमा र भार्गव विकास बैंकलगायत संस्था यसको मर्जर तथा प्राप्ति इतिहासमा जोडिएका छन्।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंक पनि दुई छुट्टाछुट्टै संस्थाको एकीकरणबाट बनेको हो। कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर भएपछि अहिलेको कामना सेवा विकास बैंक बनेको हो।

यससँगै कास्की फाइनान्सको इतिहास पनि यस संस्थाको विगतसँग जोडिएको छ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकको इतिहास पनि विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीको एकीकरणसँग जोडिएको छ। विभोर सोसाइटी र लुम्बिनी फाइनान्सलगायत संस्थाको मर्जर प्रक्रियाबाट अहिलेको लुम्बिनी विकास बैंकको संरचना बनेको हो।

३. फाइनान्स कम्पनीमा पनि मर्जरको प्रभाव

मर्जरको प्रक्रिया वाणिज्य र विकास बैंकमा मात्र रोकिएको छैन। फाइनान्स कम्पनीमा समेत एकीकरण जारी छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पोखरा फाइनान्स र समृद्धि फाइनान्स २०८३ असार २६ गते मर्जर भएका छन्। मर्जरपछि संयुक्त कारोबार पोखरा फाइनान्सकै नामबाट सञ्चालन भएको छ।

यसले पछिल्लो समय पनि वित्तीय संस्थाको एकीकरण प्रक्रिया पूर्ण रूपमा रोकिएको छैन भन्ने देखाउँछ।

बैंकको नाम फेरिए, तर इतिहास जोडिँदै गयो
नेपालको बैंकिङ क्षेत्रको पछिल्लो यात्रा हेर्दा मर्जर तथा प्राप्तिले संस्थाको संख्या मात्र घटाएको छैन, बैंकहरूको आकार र पहुँचसमेत बढाएको छ।

कुनै समय छुट्टाछुट्टै नाममा सञ्चालनमा रहेका बैंक, विकास बैंक र फाइनान्स कम्पनी अहिले एउटै संस्थाको हिस्सा बनेका छन्। त्यसैले अहिलेको बैंकिङ नक्सा हेर्दा बैंकको संख्या घटेको देखिए पनि ती बैंकभित्र समेटिएको पुरानो संस्थाको इतिहास भने निकै ठूलो छ।

मर्जरको यो प्रक्रियाले पुराना धेरै संस्था हराएका छन्, तर उनीहरूको व्यवसाय, ग्राहक, शाखा र इतिहास नयाँ बैंकको संरचनाभित्र निरन्तर रहेको छ।

प्रकाशित: २०८३ भदौ २९ गते सोमबार ०७:४२
प्रतिक्रिया

थप समाचार

फिनटेकलाई नयाँ बाटो खोल्दै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिमा नवप्रवर्तनदेखि प्रतिस्पर्धासम्म

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको रणनीतिले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर विकसित हुँदै गएको डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि, नयाँ सेवा प्रदायक र नयाँ व्यवसायिक...

अब एटीएमबाटै १०० का नोट पनि निकाल्न पाइने

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक...

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँः माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको भदौ २६ गते बसेको ५६४औँ बैठकले साधारण...

मुक्तिनाथ विकासले एक्वाएर गर्न लागेको जानकी फाइनान्सको अवस्था नाजुक, खराब कर्जा ६१.५५ प्रतिशत

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरणअनुसार जानकी फाइनान्सको खराब कर्जा अनुपात सञ्चालनमा रहेका १४ वित्त कम्पनीमध्ये सबैभन्दा...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना