२०८३ कार्तिक १४ गते शुक्रबार

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
karnali_dev_bank

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको सेयरपूँजी घटाइसकेको भए पनि कम्पनी रजिस्ट्रारको कार्यालयले प्रबन्धपत्र संशोधनका क्रममा तथा अभिलेखीकरणका लागि सम्पूर्ण विवरण माग गरेपछि उक्त सूचना प्रकाशित गरेको व्यवस्थापन समितिका संयोजक विष्णु विश्वकर्माले जानकारी दिएका हुन्।

व्यवस्थापन समूहले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक सेयरधनीतर्फ २५ जना र सर्वसाधारण सेयरधनीतर्फ १० जनाको सेयरपूँजी घटाएर एक प्रतिशत कायम गरिएको छ।

यो सेयर कटौतीको नयाँ निर्णय भने होइन। यसअघि नै गरिएको पूँजी कटौतीलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेखीकरण गर्ने प्रक्रियाका लागि आवश्यक विवरण सार्वजनिक गरिएको हो।

बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्दा चुक्ता पुँजी क्षय भएको र सम्पत्तिले दायित्व नखाम्ने देखिएको छ।

यस्तै ३५ जना सेयरधनीको चुक्ता हुनुपर्ने सेयर पुँजीवापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएको बैंक व्यवस्थापन समूहले जनाएको छ।

नेपाल राष्ट्र बैंकले २०८१ साल पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो। त्यसपछि बैंकको व्यवस्थापन तथा सञ्चालन राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहले गर्दै आएको छ।

व्यवस्थापन समूहले बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्दा संस्थाको चुक्ता पूँजी क्षय भएको र सम्पत्तिले दायित्व धान्न नसक्ने अवस्था देखिएको थियो। साथै, केही सेयरधनीबाट चुक्ता हुनुपर्ने सेयर पूँजीबापतको रकम अवैधानिक रूपमा चुक्ता भएको देखिएपछि संस्थाको पुनर्संरचना गर्ने क्रममा सम्बन्धित सेयरधनीहरूको पूँजी घटाइएको थियो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ङ को उपदफा (१) को खण्ड (च) तथा (ज) र दफा ८६ बमोजिम उक्त सेयरपूँजी घटाइएको व्यवस्थापन समूहले जनाएको छ।

घटाइएको चुक्ता पूँजी कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेखीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि कम्पनी ऐन, २०६३ को दफा ५८ को उपदफा (२) बमोजिम सुनुवाइ प्रयोजनका लागि आगामी २०८३ साल मङ्सिर ९ गते उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा सुनुवाइ हुने भएको छ।

सेयरपूँजी घटाउने प्रक्रियामा कुनै सेयरधनीको दाबी वा विरोध भए आवश्यक सबुद प्रमाणसहित सुनुवाइमा उपस्थित हुन व्यवस्थापन समूहले आग्रह गरेको छ।

क–कसको सेयर घटाइएको हो?

व्यवस्थापन समूहले सार्वजनिक गरेको विवरणअनुसार संस्थापक सेयरधनीतर्फ २५ जना र सर्वसाधारण सेयरधनीतर्फ १० जना गरी कुल ३५ सेयरधनीको सेयरपूँजी घटाइएको छ।

संस्थापक सेयरधनीतर्फ राजेन्द्रवीर राय, पशुपति दयाल मिश्रा, तारा गुरुङ्ग, असन्त वीर राय, ओमप्रताप राणा, विष्णु प्रसाद कक्षपती, ओम प्रकाश आजाद, रिजेन्द्रवीर राय, रुजेन्द्र वीर राय, डा. उषा शाह, मोहनराम मिश्रा, शंकर दयाल मिश्रा, मनकुमारी चौधरी, असन्तवीर राय, ओमप्रकाश आजाद, टंकबहादुर बस्नेत, पशुपति दयाल मिश्रा, उषा राणा शाह, कमला विक, युवराज अधिकारी, ओमप्रकाश मिश्रा, सुनौलो इन्भेष्टमेन्ट प्रालि, नानी गुरुङ्गसेनी र तारा गुरुङ्गको सेयरपूँजी घटाइएको छ।

सर्वसाधारण शेयरधनीतर्फ युवराज अधिकारी, तारा गुरुङ्ग, ओम प्रकाश आजाद, तारा गुरुङ्ग, नानी गुरुङ्गसेनी, सुनौलो इन्भेष्टमेन्ट प्रालि, राजेन्द्र वीर राय, युवराज अधिकारी, टंक बहादुर बस्नेत र ओम प्रकाश आजादको शेयर पुँजी घटाइएको छ।

उल्लेखित शेयरधनीहरूको शेयर पूँजी घटाएर एक प्रतिशत कायम गरिएको व्यवस्थापन समूहले जनाएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले माग गरेअनुसार आवश्यक विवरण सार्वजनिक गरी सेयर कटौतीसम्बन्धी निर्णयको अभिलेखीकरण

प्रकाशित: २०८३ कार्तिक १४ गते शुक्रबार ०५:४२
प्रतिक्रिया

थप समाचार

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना