काठमाडौँ: बुधबार बिहान ठूलो बाढी आई जनधनको क्षति पुर्याएको रसुवाको भोटेकोशी नदीमा पुन: पानीको बहाब बढेको छ।
केही समय पहिले तिब्बतमा गेग्रान र पहिरोले नदी थुनेर एउटा ठूलो अस्थायी ताल फुटेको छ। उक्त तालको पानी ओभरफ्लो भएर बग्न थालेको छ। सोही पानीका कारण भोटेकोशीमा बहाब बढेको हो।
पानीको बहाब बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धारमा खटिएका डोजर र मानिसलाई क्षतिग्रस्त ठाउँबाट हटाउन थालिएको छ।
सुरक्षाकर्मीले जोखिमको सम्भावना बढेपछि अवागमन पनि रोकेका छन्।









