२०८३ भदौ ३० गते मङ्गलबार

बैंकहरुले प्रोभिजनमा राखे ३ खर्ब १० अर्ब, इन्भेष्टमेन्ट मेगाको सबैभन्दा बढी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
Banijya_BAnk_nepal

काठमाडौँः वाणिज्य बैंकहरूले सम्भावित कर्जा नोक्सानी व्यवस्थापन(प्रोभिजन)का लागि ३ खर्ब रुपैयाँभन्दा बढी रकम छुट्याएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/०८३ को तथ्यांकअनुसार २० वाणिज्य बैंकले कूल ३ खर्ब १० अर्ब ४ करोड रुपैयाँ प्रोभिजनमा राखेका छन्।

गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो रकम २ खर्ब ४६ अर्ब रुपैयाँ रहेको थियो। एक वर्षमा बैंकको प्रोभिजन झण्डै ६५ अर्ब रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। बैंकहरूले कर्जा असूलीमा जोखिम बढ्दै जाँदा सम्भावित नोक्सानीको सामना गर्न ठूलो रकम छुट्याउनुपरेको हो।

राष्ट्र बैंकको व्यवस्थाअनुसार कुनै कर्जा समयमै असूल हुन नसकेपछि त्यसलाई जोखिमका आधारमा वर्गीकरण गरिन्छ। सुरुमा सूक्ष्म निगरानीमा राखिने कर्जा पछि कमसल, शंकास्पद हुँदै खराब कर्जामा परिणत हुन्छ। जोखिम बढ्दै जाँदा बैंकहरूले त्यस्ता कर्जामा २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने व्यवस्था छ।

जेठ मसान्तसम्म वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा (एनपीएल) ५.४४ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा बैंकको नाफा, पूँजी व्यवस्थापन र नयाँ कर्जा प्रवाहमा समेत दबाब पर्छ।
कुन बैंकको कति?

राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा बढी प्रोभिजनिङ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गरेको छ। बैंकले ३१ अर्ब ५९ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकले २८ अर्ब ४८ करोड, कुमारी बैंकले २५ अर्ब १९ करोड र प्रभु बैंकले २५ अर्ब १ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्।

हिमालयन बैंकले २४ अर्ब ९५ करोड, नबिल बैंकले २४ अर्ब ५५ करोड, एनआईसी एशिया बैंकले २२ अर्ब ३२ करोड र लक्ष्मी सनराइज बैंकले १७ अर्ब ३ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्।

त्यसैगरी, प्राइम कमर्सियल बैंकले १४ अर्ब ६८ करोड, राष्ट्रिय वाणिज्य बैंकले १४ अर्ब ६१ करोड, नेपाल बैंकले १२ अर्ब २३ करोड, एनएमबि बैंकले १२ अर्ब १८ करोड र कृषि विकास बैंकले ११ अर्ब ४ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्।

यस्तै सिटिजन्स बैंकले १० अर्ब ८ करोड, सिद्धार्थ बैंकले ९ अर्ब १६ करोड, सानिमा बैंकले ७ अर्ब ८७ करोड, माछापुच्छ्रे बैंकले ७ अर्ब ७ करोड, नेपाल एसबीआई बैंकले ६ अर्ब ५१ करोड, एभरेष्ट बैंकले ३ अर्ब ५६ करोड तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९३ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्।

प्रोभिजनको वृद्धि सुस्त

उच्च खराब कर्जाका बाबजुद पछिल्लो समय प्रोभिजनको वृद्धि दर भने केही सुस्त देखिएको छ। जेठको तुलनामा असारमसान्तसम्ममा वाणिज्य बैंकको प्राभिजन रकम ०.८९ प्रतिशत मात्र बढेको हो। केही बैंकले त अघिल्लो अवधिको तुलनामा प्रोभिजन घटाएका पनि छन्। कुमारी बैंकले अघिल्लो महिनाको तुलनामा उल्लेख्य रकम प्रोभिजनबाट हटाएको हो।

एक वाणिज्य बैंकका उच्च अधिकारीका अनुसार आर्थिक वर्षको अन्त्यमा बैंकहरूले गर्ने टेक्निकल राइट–अफ (बुक अफ) का कारण पनि प्रोभिजनको दबाब धेरै नदेखिएको हो। ‘असार मसान्तमा धेरै बैंकहरूले १०० प्रतिशत स्पेसिफिक प्रोभिजन पुगेका खराब कर्जालाई टेक्निकल राइट–अफ अर्थात् बुक अफ गर्ने अभ्यास गर्छन्।

त्यसपछि ती कर्जा नियमित कर्जा पोर्टफोलियोमा नदेखिने भएकाले प्रोभिजनिङको दबाब तुलनात्मक रूपमा कम देखिन सक्छ,’ ती अधिकारीले भने,‘तर यसले ऋण माफी भएको भन्ने अर्थ लाग्दैन। बुक अफ गरिएका ऋणीहरू कर्जा सूचना केन्द्रको कालोसूचीमा यथावत् रहन्छन् र बैंकले कानुनी प्रक्रिया तथा अन्य माध्यमबाट कर्जा असुली जारी राख्छ। त्यसैले प्रोभिजन कम देखिए पनि बैंकको वास्तविक जोखिम समाप्त भएको मान्न मिल्दैन।’

ती बैंकरका अनुसार असार मसान्तअघि बैंकहरूले कर्जा असुली (रिकभरी)मा पनि विशेष जोड दिने भएकाले त्यसको प्रभाव प्रोभिजनमा देखिने गरेको छ।

नाफा बढे पनि चुनौती कायमै

प्रोभिजन उच्च भए पनि बैंकहरूको नाफा भने सकारात्मक देखिएको छ। असार मसान्तसम्म २० वाणिज्य बैंकले करिब ७० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। यद्यपि, उच्च प्रोभिजनका कारण बैंकहरूले कमाउन सक्ने सम्भावित नाफा भने सीमित भएको विश्लेषण गरिएको छ।

अर्कोतर्फ बैंकिङ प्रणालीमा अहिले १४ खर्ब रुपैयाँभन्दा बढी तरलता रहेको छ। तर, कर्जा माग अपेक्षाअनुसार नबढ्दा बैंकहरूले पर्याप्त लगानी विस्तार गर्न सकेका छैनन्। यसले अर्थतन्त्रमा आर्थिक गतिविधि अझै सुस्त रहेको संकेत गर्छ।

बैंकहरूले प्रोभिजन सम्बन्धी केही नीतिगत सहजीकरणको माग गर्दै आएका छन्। विशेषगरी कर्जा वर्गीकरणलाई केही लचिलो बनाउने, वाचलिस्ट कर्जामा लाग्ने प्रोभिजन घटाउने तथा विशेष आर्थिक अवस्थालाई ध्यानमा राखेर नियमन पुनरावलोकन गर्नुपर्ने उनीहरूको सुझाव छ। यद्यपि,राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा प्रोभिजन सम्बन्धी कुनै नयाँ व्यवस्था समावेश गरेको छैन।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार प्रोभिजनको आकार ठूलो हुनु जोखिम अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको संकेत हो। तर यसको वृद्धि दर सुस्त हुनु, कर्जा असुलीमा केही सुधार देखिनु र बैंकहरूको नाफा सकारात्मक रहनु भने उत्साहजनक पक्ष हुन्। यद्यपि, खराब कर्जाको स्तर अझै उच्च रहनु र कर्जा माग कमजोर रहनुले बैंकिङ क्षेत्र पूर्ण रूपमा सहज अवस्थामा पुग्न अझै समय लाग्ने देखिएको छ।

प्रकाशित: २०८३ भदौ १५ गते सोमबार ०१:४२
प्रतिक्रिया

थप समाचार

फिनटेकलाई नयाँ बाटो खोल्दै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिमा नवप्रवर्तनदेखि प्रतिस्पर्धासम्म

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको रणनीतिले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर विकसित हुँदै गएको डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि, नयाँ सेवा प्रदायक र नयाँ व्यवसायिक...

अब एटीएमबाटै १०० का नोट पनि निकाल्न पाइने

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक...

मर्जरले फेरिएको बैंकिङ क्षेत्र: आजका बैंकहरूको पछाडि दर्जनौं संस्थाको इतिहास

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई तुलनात्मक रूपमा बलियो, प्रतिस्पर्धी र ठूलो बनाउन मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेपछि धेरै संस्था एक–अर्कामा गाभिए।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँः माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको भदौ २६ गते बसेको ५६४औँ बैठकले साधारण...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना