२०८३ कार्तिक १६ गते आईतबार

पृथ्वी राजमार्गको कृष्णभीरलगायत मुख्य सडकहरु पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
krishnabhir_1

काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज आइतबार साँझ ५ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

पृथ्वीलोकमार्ग अन्तर्गत बेनिघाट रोराङ गापा ७ कृष्ण भिरमा बिहान ८ः०० बजे र गजुरी गापा ०२ परेवा भिरमा दिउँसो १२ः०० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरोध भएको छ।

जसमा कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नं ३ भट्टेडाँडा पाण्डुरमा आज दिउँसो १४ः४० बजे पहिरो खसेका कारण उक्त सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नं ९ राजदुवाली झापादेखि ताप्लेजुङ सडकमा अविरल वर्षाका कारण पूर्ण रूपमा अवरोध भएको छ। उक्त स्थानमा अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।

विपि राजमार्गमा सम्भावित बाढीका कारण राती १६ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ः०० बजेदेखि साँझ १६ः०० बजेसम्म परिस्थिति विचार गरी सवारी साधन चलाउन दिइनेछ।

कान्तिलोकपथ अन्तर्गत हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डको उत्तरगया गापा वडा नं ५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ। यो अवरोध लामो समयसम्म रहने जनाइएको छ। यस्तै, अन्य मुख्य राजमार्गका सबै क्षेत्रहरूमा पनि बाढीका कारण पूर्ण अवरोध रहेको छ।

टोखा छहरे सडक खण्डको शिवपुरी गापा घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। साथै, पसाङ ल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।

अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गापा २ कोदारीमा आज बिहान ७ः०० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बेनी जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गापा २ बैँसरीमा आज बिहान ५ः५५ बजे पहिरो खसेका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुगु नाग्म देखि मुगु गमगढी आउने सडक खण्ड अन्तर्गत छाँयानाथ रारा नपा वडा नं ७ झ्यारीखोला र टोक्लास्थित सडकमा आज दिउँसो १४ः३० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।

नेपाल प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको जनाएको छ। मौसम प्रतिकूल रहेकाले अत्यन्त आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा कन्ट्रोल रूममा सम्पर्क गरी सडकको अवस्था बुझ्न सर्वसाधारणमा अनुरोध गरिएको छ।

 

प्रकाशित: २०८३ भदौ १४ गते आईतबार ०७:४२
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

कहिले पूरा होला कर्नालीमा निर्धक्कसँग यात्रा गर्ने सपना?

सुर्खेत: नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चीनको सिमाना हिल्सा गएर टुगिँने कर्नाली कोरिडोर निर्माणको भाका फेरि लम्बिएको छ। ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना