२०८३ भदौ ३० गते मङ्गलबार

जडीबुटीको ‘क्लब १८’मा र्यापर ‘यादव सरकार’को कन्सर्ट, डोर सेल्सको रकम बाढीपीडितलाई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
9de4c9b2-7299-4b0d-b3e4-7d13a176e367

काठमाडौँको जडीबुटीस्थित ‘क्लब १८’मा आगामी भदौ १७ गते (सेप्टेम्बर २) र्यापर ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ आयोजना हुने भएको छ। आयोजकका अनुसार कन्सर्टमा हुने डोर सेल्सबाट संकलित रकम बाढीपीडितको सहयोगमा खर्च गरिनेछ।

कार्यक्रममा ‘जनचेतना’ बाेलकाे मैथिली र्याप गाएर चर्चामा आएका र्यापर ‘यादव सरकार’को मुख्य प्रस्तुति रहनेछ। कार्यक्रममा गायक आश्रम थिङ र गायिका अनिशा तामाङले पनि प्रस्तुति दिनेछन्।

मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८का सञ्चालक सुजन श्रेष्ठले बताए। उनका अनुसार कार्यक्रमको डोर सेल्सबाट उठेको रकम बाढी प्रभावित परिवारको राहत तथा सहयोगमा प्रयोग गरिनेछ।

`देशका विभिन्न ठाउँमा बाढी र प्राकृतिक विपत्तिका कारण धेरै नागरिक प्रभावित भएका छन्। यस्तो अवस्थामा कलाकार र संगीतप्रेमीलाई एउटै ठाउँमा जोडेर कार्यक्रमबाट उठेको रकम पीडितको सहयोगमा प्रयोग गर्ने उद्देश्य हो। संगीतमार्फत सामाजिक सहयोग गर्ने हाम्रो सानो प्रयास हो,´ सञ्चालक श्रेष्ठले भने।

कन्सर्ट राति ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन अनलाइन टिकट बुकिङको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

आयोजकले संगीतप्रेमीलाई कार्यक्रममा सहभागी हुँदै बाढीपीडितको सहयोगमा योगदान गर्न आग्रह गरेका छन्।

प्रकाशित: २०८३ भदौ १५ गते सोमबार ०४:३७
प्रतिक्रिया

थप समाचार

‘झिँगेदाउ गर्दिनका लागि गरेको चलचित्र हो, तर जीवनभर सम्झिनलायक काम बन्यो’

बुहारीलाई दबिएर बस्नुपर्ने परम्परागत धारणाको पक्षमा म छैन। बुहारी हुनु भनेको निश्चित सामाजिक भूमिकामा सीमित हुनु होइन, मानवताको हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्नु हो।

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक, मंसिरमा प्रर्दशनमा आउने

काठमाडौं। ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ। कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर...

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।

‘गौंथली’ बन्यो बढी कमाउने चलचित्र, कूल आम्दानी पौने २६ करोड

काठमाडौं। चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ। बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने...

साढे तीन करोडमा बनेको ‘बेहुली’को ट्रेलर सार्वजनिक, पाँच प्रतिशत बाढीपीडितलाई दिने

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको जय नेपाल हलमा आयोजित विशेष कार्यक्रमबीच चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्रका...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना