काठमाडौँ: सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनका लागि देशविदेशबाट सहयोग आउने क्रम बढ्दै छ। हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २७० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री वालेन्द्र शाहले जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले उक्त रकम जम्मा भएको बताए।
मात्र राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २७० रुपैयाँ जम्मा भएको छ। जसमध्ये मंगलबार उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिएको उनले बताए।
त्यसमध्येबाट ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका गरी १५ वटा पालिकामा निकासा भइसकेको छ। केही बेर अघिसम्म यो कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २७० रुपैयाँ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।


