२०८३ कार्तिक १६ गते आईतबार

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
bijuli

काठमाडौं। चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ। हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ।

हालै चार्ज गरिएका क्षेत्रमा विदुर–६, विदुर–१२ का बाँकी क्षेत्र, विदुर–३ को करिब आधा भाग, तारकेश्वर गाउँपालिकाका वडा नं १, २, ३, ५ र ६ तथा बेलकोटगढी–७ रहेका छन्। यससँगै थप ३१ वटा ट्रान्सफर्मरसमेत चार्ज गरिएको छ।

विद्युत् आपूर्ति अझै पुनःस्थापित हुन बाँकी क्षेत्रमा विदुर–३ को बाँकी आधा भाग, तारकेश्वर–४, किस्पाङ गाउँपालिका, बेलकोटगढी–८ र विदुर–१० रहेका छन्। ती क्षेत्रमा पनि चार्जिङ तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम जारी रहेको बताइएको छ।

नुवाकोटमा विद्युत् आपूर्तिका लागि विभिन्न ६६ केभी प्रसारण मार्ग सञ्चालनमा छन्। ६६ केभी चपली–देवीघाट–१ सर्किटमार्फत त्रिशूली नदी पार गरी विदुरको करिब आधा क्षेत्र तथा किस्पाङतर्फ विद्युत् आपूर्ति हुँदै आएको छ। त्यस्तै, ६६ केभी चपली–देवीघाट–२ बाट विदुरको अधिकांश भाग, बट्टार तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ।

६६ केभी बालाजु–त्रिशूली–१ मार्फत कालिका सबस्टेशन हुँदै रसुवाको धुन्चे, नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकातर्फ विद्युत् आपूर्ति भइरहेको छ।

६६ केभी बालाजु–त्रिशूली–२ बाट चौघडा सबस्टेशनको सम्पूर्ण क्षेत्र तथा समुन्द्रटार सबस्टेशन क्षेत्रतर्फ विद्युत् आपूर्ति भइरहेको छ। विद्युत् प्रणालीको करिब ९० प्रतिशत हिस्सा पुनःस्थापित भएसँगै नुवाकोटमा आपूर्ति अवस्था पहिलेको तुलनामा स्थिर र भरपर्दो बनेको छ।

 

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार १०:३१
प्रतिक्रिया

थप समाचार

कहिले पूरा होला कर्नालीमा निर्धक्कसँग यात्रा गर्ने सपना?

सुर्खेत: नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चीनको सिमाना हिल्सा गएर टुगिँने कर्नाली कोरिडोर निर्माणको भाका फेरि लम्बिएको छ। ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना