गत भदौ १० गतेको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या साढे १२ सय नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार २५२ वटा शव फेला परेका छन्।

बाढीमा अझै करिब ४ हजार २१६ जना वेपत्ता छन्।

बाढीमा बेपत्ता भएका नागरिकको ८ दिनसम्म पनि शव फेला नपरेपछि आफन्तहरूले कुशको शव बनाएर पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार दाहसंस्कार गरेका छन्।

बाढीपछि बेपत्ता रहेका नागरिकको वास्तविक शव फेला नपरेपछि हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव तयार गरी अन्तिम संस्कार गरिएको हो।