काठमाडौं – चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो आइतबार भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन्।
छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सविन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडु, विवेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ रहेका छन्। वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन्।
एसियाडमा नेपालले रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो। एसियाड असोज ६ गतेदेखि सुरु हुँदै छ।


