काठमाडाैँ: उत्पादनमा कमी आएपछि नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढाएको हो।
नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रतिक्रेट ६०५ रुपैयाँ, ठूलो ५९० रुपैयाँ र मिडियम ५५० रुपैयाँ पुगेको छ। सानो अण्डाको मूल्य भने प्रतिक्रेट ४५८ रुपैयाँ यथावत् राखिएको छ।
अण्डाको उत्पादन घटेसँगै बजारमा आपूर्ति कम भएकाले मूल्य बढाउनुपरेको संघले जनाएको छ। सानो अण्डाबाहेक अन्य सबै आकारका अण्डाको मूल्य वृद्धि भएको हो।