२०८३ भदौ ३० गते मङ्गलबार

विनाशकारी बाढीको १४औँ दिन: बेपत्ताका आफन्त भन्छन्– अब आश्वासन हैन, तत्काल उद्धार चाहियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
hospital_flood (6)
अस्पतालको भित्तामा टाँसिएका सम्पर्कविहीनहरूको तस्बिरसहितको परिचय

जनकपुरधाम: रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमानको पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।

आफ्ना श्रीमान्‌ अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका पूजाले सामाजिक सञ्जालमा श्रीमान्‌ इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उनको खोज र उद्धारका लागि सरकारसँग अपिल गरिन्।

रसुवास्थित युटी २१६ एमड्ब्लु डूसन पावर हाउसमा कार्यरत सिंह यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन्। बाढीपछि सम्पर्कविहीन हुनुभएको १३ दिनसम्म सम्पर्कमा नआएपछि परिवारजनमा चिन्तित र छटपटी बढ्दै गएको छ। लामो समयसम्म कुनै खबर नआएपछि सिंहको अवस्था पत्ता लगाई खोज तथा उद्धार गरिदिन श्रीमती पूजासहित परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

श्रीमान्‌सँग सम्पर्क हुन नसकेपछि पूजा साहले उनी जहाँ भए पनि सकुशल रहेको खबर गरिदिन भावुक अपिल गरेकी हुन्। ‘तिमी जहाँ छौँ, जस्तो छाैँ, मलाई खबर गर, म आफैँ आउँछु, तिमीलाई लिन। बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ,’ उनले भनेकी छिन्।

श्रीमान्‌को प्रतीक्षामा रहेका साहले सानी छोरीसमेत बुबाको भिडियो कल र आवाजको प्रतीक्षामा रहेको बताइन्। ‘हाम्रो नानी अझै बाबाको भिडियो कलको प्रतीक्षामा छिन्। बाबाको आवाज सुन्न र अनुहार हेर्न पाएकी छैनन्,’ उनले भावुक हुँदै भनिन्।

उनले आफूलाई अन्य केही नचाहिएको भन्दै श्रीमान्‌ सकुशल घर फर्काइदिन सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिन्। ‘मैले अब केही मागेकी छैन, बस् मेरो श्रीमान्‌ जहाँ हुनुहुन्छ, त्यहीँबाट सकुशल घर फर्काइदिनुहोस्,’ उनको आग्रह छ।

सिंहको खोज तथा उद्धारका लागि परिवारले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी खोजी अभियान सञ्चालन गर्न माग गरेको छ।

पूजाका अनुसार मैलुङ बजार, क्याम्प आसपासका सम्भावित क्षेत्र, ठाडेगाउँ, राम्चे, ग्राङ, बटार, कालिकास्थान, धुन्चे, भोर्ले, यार्सा, मैलुङडाँडा तथा मैलुङ बजार आसपासका क्षेत्रमा खोजी आवश्यक छ। साथै जङ्गल, पहाडी तथा अन्य सम्भावित स्थानमा ड्रोन र उद्धार टोली परिचालन गरी खोजी गर्न उनले आग्रह गरिन्।

‘हामीलाई थाहा छैन, हाम्रा प्रियजनहरू कहाँ र कुन अवस्थामा छन्। सायद कतै उद्धारको आशामा बस्नुभएको होला, सायद कसैको सहयोगको प्रतीक्षा गरिरहनुभएको होला,’ पूजाले भनिन्, ‘त्यसैले अब प्रश्न एउटै छ–उद्धार किन भइरहेको छैन ?’

उनका अनुसार सिंहसहित सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली पठाउने आश्वासन दिइए पनि प्रभावकारी रूपमा खोजी हुन नसकेको परिवारजनको गुनासो छ। बिहान ड्रोनसहितको रेस्क्यु टोली घटनास्थलतर्फ जाने भनिए पनि दिउँसोसम्म टोली घटनास्थलमा पुग्न नसकेको उनले बताइन्।

श्रीमान्‌को खोजीका लागि आफू दिनभर एक कार्यालयबाट अर्को कार्यालय धाउने, फोन गर्ने र अनुरोध गर्ने अवस्थामा पुगेको पूजाले बताइन्। समय बित्दै जाँदा पीडा र चिन्ता झन बढ्दै गएको उनको भनाइ छ।

‘हामी तपाईंहरूको कार्यालय धाउँदै–धाउँदै, अनुरोध गर्दागर्दै थाकिसकेका छौँ। अब के गर्ने ?’, उनले प्रश्न गरिन्। पूजाले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा सरकारका सबै जिम्मेवार पक्षलाई तत्काल स्थलमा खोज तथा उद्धार टोली, ड्रोन र आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गरिन्।

उनले आफ्नो श्रीमान्‌को मात्र नभई मैलुङ क्षेत्रमा सम्पर्कविहीन तथा अलपत्र परेका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गरिन्।

‘अब आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ। हाम्रा मानिसहरूलाई खोजिदिनुहोस्, उद्धार गरिदिनुहोस्,’ पूजाले भनिन्। भोटेकोशी बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा सिंहको परिवारसहित अन्य परिवारसमेत निरन्तर चिन्तामा छन्। सम्भावित सबै क्षेत्रमा समन्वयात्मक रूपमा खोज तथा उद्धार अभियान तीव्र बनाउन पीडित परिवारले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

रसुवाको भोटेकोशी नदी आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३२ जना परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका २२० जनामध्ये ३८ जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीन भएकामध्ये सप्तरीका एक जना र बाराका एक जना गरी दुई जनाको शव फेला परेको र १८० जना अझै सम्पर्कविहीन रहेको प्रवक्ता ढकालले बताए।

प्रकाशित: २०८३ भदौ २३ गते मङ्गलबार ११:०६
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना