२०८३ कार्तिक १५ गते शनिवार

माटोसँग जोडिएको सफलता : नर्सरी व्यवसायबाट आत्मनिर्भर बनेका कृष्णप्रसाद दाहाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
dahal

काठमाडौं । ललितपुरको नखीपोटस्थित ‘श्री कृष्ण नर्सरी’मा प्रवेश गर्नेबित्तिकै रंगीचंगी फूल र विभिन्न प्रजातिका बिरुवाले जोकोहीको मन लोभ्याउँछन्।

यही हरियालीलाई आफ्नो जीवनको आधार बनाएका छन् गोदावरी नगरपालिका–१३ का कृष्णप्रसाद दाहालले । करिब २२ वर्षदेखि नर्सरी व्यवसायमा सक्रिय उनी आज आफ्नै मेहनतबाट आत्मनिर्भर उद्यमीका रूपमा स्थापित भएका छन्।

सरुवाती दिनहरुमा दाहालको यात्रा सहज थिएन । आफ्नै व्यवसाय सुरु गर्नुअघि उनले अरूको नर्सरीमा काम गरेर बिरुवा उत्पादन, हेरचाह र बजार व्यवस्थापनको अनुभव बटुलेका थिए।

त्यसपछि २०७४ सालमा करिब ८ देखि १० लाख रुपैयाँ लगानी गरेर आफ्नै ‘श्री कृष्ण नर्सरी’ सुरु गरे । अहिले उनको नर्सरीमा मौसमी फूल, इन्डोर र आउटडोर प्लान्ट, फलफूलका बिरुवा तथा तरकारीका बेर्नासमेत उपलब्ध छन्।

उनका अनुसार मौसमी फूलको माग सबैभन्दा बढी हुने गर्छ । बिक्री नभएका साना बिरुवालाई ठूलो गमलामा सारेर मल, पानी र नियमित हेरचाह गर्दै हुर्काउने र पछि बिक्री गर्ने उनको आफ्नै व्यवसायिक शैली छ।

ग्राहकको आवश्यकताअनुसार अन्य ठाउँबाट बिरुवा मगाएर उपलब्ध गराउनेदेखि गुणस्तरअनुसार मूल्य निर्धारण गर्नेसम्मको जिम्मेवारी उनी आफैँ सम्हाल्छन्।

दाहालका अनुसार स्थानीय जातका बिरुवा तुलनात्मक रूपमा सस्ता हुन्छन् भने हाइब्रिड र उत्कृष्ट जातका बिरुवाको मूल्य बढी पर्छ। बिरुवा खरिद गर्दा मूल्यभन्दा पनि त्यसको स्वास्थ्य र गुणस्तरलाई प्राथमिकता दिनुपर्ने उनी सुझाव दिन्छन्।

दैनिक कारोबार निश्चित नहुने भए पनि औसतमा १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनी बताउँछन्। मौसमी फूलका बेर्ना आफैँ उत्पादन गर्ने उनले अन्य अधिकांश बिरुवा नेपालका तराई क्षेत्र र भारतबाट ल्याउँछन् भने केही विशेष प्रजातिका बिरुवा तथा सामग्री हल्यान्ड र चीनबाट समेत आउने गर्छन्।

व्यवसायमा चुनौती पनि कम छैनन्। जग्गा भाडा, कर्मचारीको तलब, मल, पानी र बिजुलीको खर्च नियमित रूपमा व्यहोर्नुपर्छ। कहिलेकाहीँ लागतभन्दा कम मूल्यमा बिरुवा बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उनी सुनाउँछन् । करिब १० देखि १५ प्रतिशत बिरुवा नोक्सान हुने भए पनि अन्य बिरुवाको बिक्रीबाट त्यसलाई सन्तुलन मिलाउँदै आएको उनको अनुभव छ।

दाहालका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको यही व्यवसायबाट परिवारको जिम्मेवारी पूरा गर्न सक्नु हो। यही पेसाबाट उनले छोराछोरीको शिक्षा र घरपरिवारका आवश्यकताहरू पूरा गरेका छन् । बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नर्सरीमै खटिने उनको दिनचर्याले मेहनत र लगावको कथा बोल्छ।

‘बिरुवा बेच्नु भनेको व्यापार मात्र होइन, मानिसको घर, आँगन र वातावरणलाई हरियाली बनाउने काम पनि हो,‘ उनी भन्छन्। स्नेक प्लान्ट, पिस लिली र एरिका पामजस्ता इन्डोर बिरुवाले घरलाई आकर्षक बनाउनुका साथै हावाको गुणस्तर सुधार्न पनि सहयोग गर्ने भएकाले घरमा हरियाली बढाउन उनी सबैलाई आग्रह गर्छन्।

कृषि पेसालाई पुर्खाबाट प्राप्त विरासतका रूपमा लिएका दाहाल नयाँ पुस्तालाई विदेश जानुलाई मात्र सफलताको बाटो नठान्न आग्रह गर्छन्। प्रविधि र आधुनिक शिक्षाप्रतिको आकर्षण स्वाभाविक भए पनि पुष्प तथा नर्सरी व्यवसायमा मेहनत, धैर्य र बजारको माग बुझ्न सके स्वदेशमै राम्रो सम्भावना रहेको उनको विश्वास छ।

बिरुवा खरिद गर्दा अनलाइनमा देखिएको मूल्यमा मात्र भर नपरी नर्सरीमै पुगेर स्वस्थ र गुणस्तरीय बिरुवा छनोट गर्नुपर्ने उनको सुझाव छ। माटोसँग जोडिएर निरन्तर मेहनत गर्ने हो भने आफ्नै देशमै सम्मानजनक आम्दानी र सन्तुष्ट जीवन सम्भव छ भन्ने उदाहरण बनेका छन् कृष्णप्रसाद दाहाल।

प्रकाशित: २०८३ भदौ २४ गते बुधबार ०८:५०
प्रतिक्रिया

थप समाचार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना