२०८३ भदौ ३० गते मङ्गलबार

चाडपर्वका लागि ल्याएको अर्बौंको सामान भोटेकोशीले बगायो, व्यवसायी मारमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
flood

काठमाडौँ: गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायी समस्यामा परेका छन्।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने रसुवागढी नाका बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो। हालसम्म उक्त घटनामा परेर एक हजार ३६७ जनाको ज्यान गएको छ भने पाँच हजार १३२ जना अहिलेसम्म पनि सम्पर्कविहीन भएका छन्।

यस्तै, बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ र विदेशी पर्यटक ५८९ जना सम्पर्कविहीन छन्।

उक्त बाढीले नजिकिँदै गरेका तीज, दसैँ, तिहार र छठ पर्वका लागि आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान र सयौँ कन्टेनरसमेत बगाएको छ। नेपाली बजारमा चाडपर्वका बेला खपत हुने अधिकांश लत्ताकपडा, कच्चापदार्थ र विद्युतीय सामग्री उत्तरी नाका चीनको केरुङबाट रसुवागढी हुँदै आउने गर्छन्।

व्यवसायीका अनुसार भदौदेखि सुरु हुने नेपालका चाडपर्वका लागि व्यवसायीले असार–साउनमा चीन पुगेर सामान आयात गर्ने गरेका छन्। गत वर्षको साउनदेखि चीनसँगको अर्को प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि पछिल्लो समय व्यवसायीले रसुवागढी नाका हुँदै सामान आयात गर्दै आएका थिए।

न्युरोड ओटुमा लामो समयदेखि व्यापार गर्दै आएका राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठ आफूले चाडपर्वलाई लक्षित गरेर ल्याएको लाखौँ मूल्य बराबरको सामान बगाउँदा समस्या परेको बताउँछन्।

“दसैँ, तिहारका लागि भनेर झण्डै ३५ लाख मूल्य बराबरको सामग्री आउँदै थियो भदौ १० को उक्त बाढीले सबै सामान बगायो, सामान नहुँदा दसैँ, तिहारमा व्यवसाय गर्न नसकिने भइयो”, उनले भने।

फसिकेवमा व्यापार गर्दै आएका वीरेन्द्र श्रेष्ठको पनि सामान उक्त बाढीले बगाएको छ। तीजलाई लक्षित गरी महिलाका लागि ब्याग ल्याएका श्रेष्ठको सामान बगाउँदा रु ४० लाख बराबरको क्षति भएको उनी बताउँछन्।

यस्तै, महिलाले लगाउने भित्री कपडालगायतका सामग्रीको होलसेल गर्दै आएका भोटेबहालका रवि खड्काको सबै सामान बाढीले बगाउँदा रु ५० लाख क्षति भएको बताउँछन्।

न्युरोड गुच्चाटोलमा टोपीको होलसेल गर्दै आएका अर्जुन हुमागाईंको पनि रु ५० लाख बराबरको क्षति भएको छ। यसैगरी, न्युरोडकै फसिकेवमा ‘बेल्ट’ र पर्सको व्यापार गर्दै आएका विष्णु न्यौपानेले पनि दसैँका लागि ल्याएको सबै सामान बाढीले बगाइदिएको छ। उनको सबै गरेर रु ८० लाख बराबरको क्षति पुगेको छ।

माथि उल्लेख घटना प्रतिनिधिमूलक मात्र हुन्। काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा होलसेल गर्दै आएका हजारौँ व्यवसायीको सामान भोटेकोशी बाढीले बगाइदिएको छ। न्युरोडको नेपाः कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, महाबौद्ध, ओटुलगायत क्षेत्रमा दसैँका लागि ल्याएका अर्बौं मूल्य बराबरको सामान भोटेकोशी बाढीले बगाउँदा यहाँका व्यवसायी समस्यामा परेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ चाडपर्वका लागि ल्याइएका सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेको बताउँछन्। “चाडपर्वका लागि भनेर केरुङ नाका हुँदै सामान ल्याएका २५० कन्टेनर सामग्री बाढीले बगाउँदा अर्बौंको क्षति पुगेको छ”, अध्यक्ष श्रेष्ठले भने।

केरुङबाट ल्याएका २५० कन्टेनर सामानमध्ये ७६ कन्टेनर सामान भन्सार पास भएर काठमाडौँ ल्याउने तयारी गरिएको अवस्थामा बाढी आएको अध्यक्ष श्रेष्ठ बताउँछन्। यस्तै, झण्डै २५० मालवाहक सवारीसाधन सामान लिनका लागि भन्सार नाकामा जाँदै गरेका बेला बाढीले बगाएको थियो।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष कुमार कार्की नेपाल–चीन जोड्ने सबैभन्दा छोटो नाका केरुङ नाका भएका कारण पनि यस नाकाबाट सबैभन्दा धेरै सामान आयात हुँदै आएको बताउँछन्। “छोटो नाकाका कारण सामान आयात गर्न सजिलो हुने भएकाले धेरै मालसामान यही नाका हुँदै आउँछ, चाडपर्वका लागि नाकामा आएको अर्बौंको सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेका छन्”, उनले भने।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार भोटेकोशी बाढीले झण्डै ६०० मालवाहक सवारीसाधनमा क्षति पुर्‍याएको छ। महासङ्घका महासचिव डेकनाथ गौतम भोटेकोशी बाढीले एक हजारभन्दा बढी मालवाहक र यात्रुवाहक सवारीसाधनमा क्षति पुर्‍याएको बताउँछन्। “चाडपर्वको पूर्वसन्ध्यामा सामान लिन भन्सार नाका गएका सयौँ मालवाहक सवारीमा क्षति पुगेको छ”, उनले भने।

चीनतर्फबाट सामान धमाधम नेपाल भित्रिँदै गरे पनि वर्षायामका कारण नेपालतर्फको सडक राम्रो नहुँदा रसुवागढी नाकामा ठूलो परिमाणमा मालसामान र कन्टेनर रोकिएर बसेका थिए। भन्सारमा रहेका रेडिमेड सामानसँगै ठूलो सङ्ख्यामा आयात गरिएका महँगा विद्युतीय सवारीसाधन (इभी) समेत बाढीले बगाएको छ।

महासङ्घका महासचिव गौतमका अनुसार भन्सारमा रहेका विद्युतीय सवारीसाधन, सामान लिन गएका मालवाहक, यात्रुवाहक र गोसाइँकुण्ड दर्शन गर्न गएकासमेत एक हजार ३०० हाराहारी सवारीसाधनमा भोटेकोशी बाढीले क्षति पुर्‍याएको छ।

प्रकाशित: २०८३ भदौ २५ गते बिहिबार ०३:३५
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना