२०८३ भदौ ३० गते मङ्गलबार

थालनीको पहलमा ९८ हजार रूपैयाँ प्रधानमन्त्री कोषमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
thalani

काठमाडौं/भोटेकोशी बाढीबाट पीडितहरूका लागि राजनीतिक संवाद थालनीका तर्फबाट ९८ हजार रूपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको छ।

थालनीका सदस्यहरू र नागरिक स्तरबाट विभिन्न व्यक्तिहरूको ऐक्यबद्धतामा ९८ हजार ८१६ रूपैयाँ प्रधानमन्त्री विपद् कोष मा सङ्कलन/जम्मा गरेको थालनीका सदस्य प्रमोद धितालले जानकारी दिए।

उद्धार, राहत र पुनःस्थापनाको काम यथासक्य छिटो र अझ प्रभावकारी ढङ्गले हुन सकोस् भनी आफूहरूले सक्दो सहयोग गरेको उनले बताए। प्राकृतिक दोहन, पर्यावरणीय विनाश र अन्य मानवसिर्जित सङ्कटबाट पृथ्वी र मानव सभ्यता नै कसरी जोगाउने भन्ने प्रश्नमा सबै गम्भीर हुन पनि थालनीले अपिल गरेको छ।

“सङ्कट परेको छ मान्छेलाई मान्छेहरू नै फेरि जुटौं ! यो महाविपत्तिबाट निस्कन हातेमालो गर्दै उठौं !” भन्ने नारासहित भदौ १० मा आएको भोटेकोशी बाढीका पीडितहरूका लागि उद्धार र राहतमा जुट्न थालनीले अपिल पनि गरेको छ।

“भदौ १० मा एकै झड्कामा सयौं मान्छेको ज्यान लिएको छ भने अरू हजारौंको जीवनमा अकल्पनीय पीडा थपेको छ। अझै हजारौंहजार बेपत्ता अवस्थामा हुनुहुन्छ। एउटै घटनाले हजारौंलाई घरबारविहीन र परिवारविहीन बनाएको छ। अर्बौंअर्बको भौतिक सम्पत्ति र पूर्वाधार तहसनहस पारेको छ। यो घटना नेपालको मात्रै होइन, विश्वइतिहासमै भयावह विपत्ति हो। नेपालको त समग्र सामाजिक जीवनमै यो महाविपत्तिले दशकौंसम्म गहिरो प्रभाव छाड्नेछ। यस्तो महासङ्कटको घडीमा जो जहाँ छौं, त्यहींबाट सक्दो मानवीय सहयोग गर्नु र राहत तथा उद्धारमा ऐक्यबद्धता जनाउनु हामी सबैको कर्तव्य हो।” वक्तव्यमा भनिएको छ।

मानव जातिले फेरि यसप्रकारको विपद् झेल्न नपरोस् भनी राहत, पुनःस्थापना र अरू मानवीय सहयोग र सेवामा जुटिरहने पनि थालनीले जनाएको छ। थालनीमा

थालनीमा लोकेन्द्र विष्ट, संगीत श्रोता, वन्दना ढकाल, प्रमोद धिताल, नुमेश घर्तीमगर, कुमार उपाध्याय, अमृत विश्वकर्मा, कपिल अधिकारी, तुल्सीदास महर्जन, पार्वती उपाध्याय, घनश्याम अस्तित्व, बलराम तिमिल्सिना, देवीप्रसाद ढकाल, रीता सुवेदी, दीपा शर्मा, श्रद्धा धिताल र लेखराज रेग्मीले सहयोग गरेका हुन्।

प्रकाशित: २०८३ भदौ २६ गते शुक्रबार ११:२५
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना