हरितालिका तीजको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो छ।
तीजका अवसरमा विशेषगरी महिलाहरू बिहानैदेखि मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना, जलार्पण तथा दर्शन गरिरहेका छन्। रातो सारी तथा तीजको पहिरनमा सजिएका महिलाहरू समूह–समूहमा मन्दिर परिसरमा पुगेका छन्।
मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेसँगै तीजको धार्मिक तथा सांस्कृतिक वातावरणसमेत देखिएको छ।
साथै प्रविधिप्रतिको बढ्दो आशक्ति पनि देखिएको छ। पशुपति परिसरमा पूजाआरधानका लागि पुगेका महिलाहरूले तस्बिर र भिडियोहरू लिइरहेका छन्, जसले टिकटक र सेल्फीमय पशुपति परिसर देखिएको छ।




















