काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ।
विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको नतिजा सार्वजनिक गरेको हो।
नतिजाअनुसार २०० रुपैयाँ र ७ हजार रुपैयाँको सामान किन्ने २ जनाले १०–१० लाख रुपैयाँ जितेका छन्। अन्य ३१ जनाले १ लाख रुपैयाँ जितेका छन्।
१ लाख जित्नेमा एक जना रसुवा बाढीपछि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने पनि रहेका छन्।
विभागकाअनुसार १ हजार रुपैयाँ सहयोग गर्ने एक जनाले १ लाख रुपैयाँ जितेका हुन्। जसको फोन नम्बरको अन्तिम २ अंक ६४ रहेको छ भने कुपन नम्बर ०४२ ६१८ ४७७ ६२० रहेको छ।



