काठमाडौँः राजधानीको भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा अपी इन्फ्रा लिमिटेडका विभिन्न अपार्टमेन्ट परियोजना पनि प्रदर्शनीमा राखिएका छन्। ललितपुरको झम्सिखेल र बानेश्वरमा निर्माण भइरहेका तथा निर्माण सम्पन्न हुने चरणमा रहेका अपार्टमेन्टबारे कम्पनीले मेलामार्फत ग्राहकलाई जानकारी दिइरहेको छ।
अपि इन्फ्राको झम्सिखेल परियोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ। अहिले फिनिसिङ र ह्यान्डओभरको तयारी भइरहेको कम्पनीले जनाएको छ। आगामी दसैँमा ग्राहकलाई अपार्टमेन्ट हस्तान्तरण गर्ने तयारी छ।
प्रतिवर्गफिट २८ हजार ५ सय रुपैयाँका दरले उपलब्ध गराइएको झम्सिखेल अपार्टमेन्टमा १, २ र ३ बीएचकेका विभिन्न युनिट छन्। कम्पनीका अनुसार १ बीएचकेको मूल्य २ करोड ९० लाख रुपैयाँबाट सुरु हुन्छ भने युनिटअनुसार २ बीएचकेको मूल्य ३ करोड ९८ लाख रुपैयाँसम्म र ३ बीएचकेको मूल्य ५ करोड रुपैयाँसम्म छ।
ग्राहकलाई आकर्षित गर्न कम्पनीले फुल फर्निस्ड अपार्टमेन्टको सुविधा पनि उपलब्ध गराएको छ। सोफा, टेलिभिजनलगायत आवश्यक फर्निचर तथा सामग्रीसहितको प्याकेजका साथै करिब १५ लाख रुपैयाँ मूल्य पर्ने पार्किङ सुविधा निःशुल्क उपलब्ध गराउने अफरसमेत कम्पनीले अघि सारेको छ।
अपी पावर जलविद्युतबाट रियल इस्टेटमा, सवा अर्बमा झम्सिखेलमा १० तले अपार्टमेन्ट बनाउँदै
अपि इन्फ्राका प्रतिनिधिले भने ,‘झम्सिखेलको परियोजना लगभग सम्पन्न भइसकेको छ। ग्राहकले दशैंमै आफ्नो अपार्टमेन्ट पाउने गरी हामीले तयारी गरिरहेका छौँ। अहिले मेलामा विशेष अफरसहित ग्राहकलाई परियोजनाबारे जानकारी दिइरहेका छौँ।’
त्यस्तै, अपि इन्फ्राको बानेश्वरस्थित अर्को अपार्टमेन्ट परियोजना पनि मेलामा ग्राहकको आकर्षणमा परेको छ। निर्माणाधीन अवस्थामा रहेको उक्त परियोजना आगामी करिब २.५ वर्षभित्र हस्तान्तरण गर्ने लक्ष्य कम्पनीले राखेको छ।
बानेश्वर परियोजनामा प्रि–बुकिङ खुला भइसकेको छ। सीमित संख्यामा युनिट उपलब्ध रहेको कम्पनीले जनाएको छ। युनिटअनुसार पार्किङ तथा अन्य सुविधा फरक हुन सक्ने भएकाले मेलामै ग्राहकलाई परियोजनाको प्याकेज र बुकिङ प्रक्रियाबारे विस्तृत जानकारी दिइरहेको कम्पनीको भनाइ छ।
अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकले १ लाख रुपैयाँमा टोकन वा प्रि–बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, कुमारी बैंकसँगको सहकार्यमा सहज ऋण सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ। खरिदकर्ताले अपार्टमेन्टलाई बैंकिङ प्रयोजनमा कोल्याटरलका रूपमा समेत प्रयोग गर्न सक्नेछन्।
‘बानेश्वरको परियोजना पनि अहिले प्रि–बुकिङका लागि खुला छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार युनिट छनोट गर्न सक्नेछन्। मेलामा आएर परियोजनाको डिजाइन, सुविधा, मूल्य र बुकिङ प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिन सकिन्छ’ प्रतिनिधिले बताइन्।
असोज १ गते देखि ४ गतेसम्म भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा अपि इन्फ्राले तत्काल हस्तान्तरणको तयारीमा रहेको झम्सिखेल परियोजनादेखि निर्माणाधीन बानेश्वर परियोजनासम्मका विकल्प ग्राहकसमक्ष प्रस्तुत गरेको छ।
कम्पनीले बैंकिङ सुविधा, फर्निसिङ र पार्किङलगायतका अफरमार्फत अपार्टमेन्ट खरिदलाई सहज बनाउने प्रयास गरेको जनाएको छ।