काठमाडौँ: प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन्।
उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।


