२०८३ कार्तिक १४ गते शुक्रबार

बैंकमा पैसा थुप्रियो, कर्जा विस्तारमा पुँजीकोषको दबाब, सुधारका लागि नीति परिवर्तन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ८
money

काठमाडौँः बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) पर्याप्त छ । पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा विस्तार अपेक्षित रुपमा हुन सकेको छैन। लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा हुन नसकेको गुनासो बैंक सञ्चालकहरूको छ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारीहरूले बैंकिङ क्षेत्रमा देखिएको अहिलेको सुस्तता तत्कालै प्रणाली नै संकटमा परेको अवस्था नभएको बताएका छन्। उनीहरूले मागमा आएको कमी, लगानीको कमजोर वातावरण, युवा जनशक्तिको पलायन र नीतिगत अस्थिरतालाई अहिलेको मुख्य चुनौतीका रूपमा औंल्याएका छन्।

सिबिफिनका महासचिव तथा एनएमबी बैंकका अध्यक्ष मनोज गोयलका अनुसार पछिल्ला वर्षमा देखिएका विभिन्न आर्थिक झट्काले बैंकिङ क्षेत्र प्रभावित भए पनि अर्थतन्त्रको आधारभूत संरचना नै बिग्रिएको अवस्था छैन।

उनले उत्पादनमूलक क्षेत्रमा अपेक्षित लगानी नहुनु र ठूलो संख्यामा युवा विदेसिनुले बैंकिङ गतिविधिमा असर पारेको बताए। तर, कुनै एउटा क्षेत्रमा ठूलो क्षति भएर बैंकिङ प्रणाली नै पुनः उठ्न नसक्ने अवस्थामा भने नपुगेको उनको भनाइ छ। गोयलले भने, ‘समस्या छन्, तर अर्थतन्त्रको संरचना नै बिग्रिएको अवस्था होइन। आर्थिक गतिविधि र लगानीको वातावरणमा सुधार आए बैंकिङ क्षेत्र पनि क्रमशः पुरानै गतिमा फर्किन सक्छ।’

लगानीकर्तालाई प्रवेश र बाहिरिन सहज बनाउन माग

बैंकका संस्थापक तथा लगानीकर्ताले लगानीबाट बाहिरिन र नयाँ लगानीकर्ताले प्रवेश गर्न पाउने व्यवस्था सहज बनाउनुपर्ने माग पनि सिबिफिनले अघि सारेको छ।

गोयलका अनुसार बैंकहरूले ठूलो नाफा कमाए पनि त्यसअनुसार संस्थापक सेयरधनीले पाउने प्रतिफल सन्तोषजनक नभएको गुनासो छ। अर्कोतर्फ, नयाँ लगानीकर्ता ल्याउन र पुराना लगानीकर्तालाई सहज रूपमा बाहिरिन विद्यमान कानुनी तथा नियामकीय व्यवस्थाले केही अवरोध सिर्जना गरेको उनको भनाइ छ।

उनले बैंकिङ क्षेत्रमा लगानीको स्वामित्व परिवर्तनलाई सहज बनाउन ‘फिट एन्ड प्रोपर टेस्ट’ लगायतका व्यवस्थामा आवश्यक सुधार गर्नुपर्ने बताए।

कर्जा दिन पैसा छ,पुँजीकोषमा दबाब

सिबिफिनका उपाध्यक्ष दिलिप मुनकर्मीले बैंकिङ प्रणालीमा ठूलो रकम लगानीका लागि उपलब्ध भए पनि पुँजीकोषको सीमाले कर्जा विस्तारमा समस्या भइरहेको बताए।

उनका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग १४ देखि १५ खर्ब रुपैयाँसम्म लगानीयोग्य रकम रहेको छ। तर, प्राथमिक पुँजीकोषको दबाबका कारण उपलब्ध रकमअनुसार कर्जा विस्तार गर्न सक्ने अवस्था नरहेको उनले बताए।

उनले भने,‘बैंकमा स्रोतको कमीभन्दा पनि त्यसलाई कर्जामा रूपान्तरण गर्ने क्षमता अहिले मुख्य चुनौती बनेको छ। त्यसैले पुँजी व्यवस्थापनका नयाँ विकल्पबारे सोच्नुपर्ने अवस्था आएको छ।’

उनले बैंकहरूलाई पुँजी बढाउन र लगानी क्षमता विस्तार गर्न अग्राधिकार सेयरलगायतका विकल्प प्रयोग गर्नुपर्ने अवस्था आएको बताए।

बैंकिङ क्षेत्रमा जोखिम बढाउने केही नियामकीय व्यवस्था

सिबिफिनले बैंक तथा वित्तीय संस्थालाई काम गर्ने वातावरण थप सहज बनाउन नियामकीय व्यवस्थामा पनि पुनरावलोकन आवश्यक रहेको जनाएको छ।

गोयलले ५ प्रतिशतभन्दा बढी प्रोभिजनिङ गर्दा करसम्बन्धी दायित्व आउने व्यवस्था र नियामकीय चेतावनीपछि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत(सीईओ) माथि कारबाही हुन सक्ने जोखिमले व्यवस्थापनमा थप दबाब सिर्जना गरेको बताए।

बैंकहरूले जोखिम व्यवस्थापन गर्दै कर्जा प्रवाह गर्नुपर्ने भए पनि नियामकीय कारबाहीको डरले निर्णय प्रक्रियामा थप सतर्कता बढेको उनको भनाइ छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रोक्का रहेको धितो लिलामीसँग जोडिएको विवादले पनि बैंकहरूलाई केही हतोत्साहित बनाएको उनले बताए। यस्ता विषयलाई स्पष्ट र व्यवस्थित ढंगबाट समाधान गर्नुपन उनको भनाइ छ।

‘एनआइएमबीको केसले यदि भोलि त्यस्तै परिस्थिती नआउला भन्न सकिदैन। यसले हामीलाई हतोत्साहित गरेको छ। यो विषयमा स्पष्टता आउनुपर्यो,’ उनले भने।
माग कमजोर हुँदा बजार सुस्त

सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले अहिलेको आर्थिक सुस्तताको एउटा प्रमुख कारण बजारमा माग घट्नु रहेको बताएका छन्।

उनका अनुसार निजी क्षेत्रको मनोबल कमजोर हुँदा नयाँ लगानी र व्यवसाय विस्तारमा असर परेको छ। बैंकिङ क्षेत्र निक्षेपकर्ताको विश्वासमा निर्भर हुने भएकाले यसको सञ्चालनमा विश्वासको वातावरण अझ महत्वपूर्ण हुने उनले बताए।

उपाध्यायले भने, ‘बैंकिङ क्षेत्र विश्वासमा चल्ने भएकाले निजी क्षेत्र र लगानीकर्ताको आत्मविश्वास बढाउने वातावरण बनाउन आवश्यक छ। माग नबढेसम्म बैंकिङ क्षेत्रमा मात्र सुधार गरेर आर्थिक गतिविधि तीव्र बनाउन कठिन हुन्छ।’

उनले विदेशिने युवालाई स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने तथा विदेश गइसकेकालाई फर्काउन सक्ने नीति आवश्यक रहेको बताए।

प्राकृतिक स्रोतको उपयोग, निर्यात वृद्धि र वन क्षेत्रमा उपयोग हुन नसकेको काठलाई आर्थिक गतिविधिमा जोड्न सके पनि बजारमा माग बढाउन सहयोग पुग्ने उनको सुझाव छ।

कानुनी सुधारबाट लगानीको वातावरण बनाउनुपर्ने

उपाध्यायले नेपालको आर्थिक समस्या व्यवस्थापन र कानुनी जटिलतासँग पनि जोडिएको बताए।

सरकारले विभिन्न कानुन संशोधनको प्रक्रिया अघि बढाइरहेको विषयलाई सकारात्मक रूपमा लिँदै उनले कानुनी सुधारसँगै सरकारी काम गर्ने शैलीमा समेत परिवर्तन आवश्यक रहेको बताए।

उनका अनुसार नीतिगत स्थिरता नहुँदा व्यवसायी तथा लगानीकर्ताले नयाँ परियोजनामा जोखिम लिन हिच्किचाउने अवस्था बनेको छ।
सिबिफिनले बैंकिङ क्षेत्रलाई मात्र केन्द्रमा राखेर समाधान खोज्नुभन्दा समग्र माग, लगानी, रोजगारी र उत्पादन बढाउने नीतिसँगै बैंकिङ सुधारलाई अघि बढाउनुपर्ने बताएको छ।

प्रकाशित: २०८३ असोज ८ गते बिहिबार ०३:५०
प्रतिक्रिया

थप समाचार

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना