फिदिम- पाँचथरमा विषाक्त च्याउ खाँदा ९ जना बिरामी परेका छन्। कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन्।
कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्। कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विषाक्त च्याउ खाई बिरामी परेका हुन्। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विषाक्त च्याउ खाँदा एउटै घरका ५ जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ।


