२०८३ कार्तिक ११ गते मङ्गलबार

स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति : ‘इलेक्सन ब्यूरो’को घोषणा 

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २०
eleccc_febc702c

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने रणनीतिसहित ‘इलेक्सन ब्यूरो’ घोषणा गरेको छ।

नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनको बन्द सत्रमा बोल्दै सभापति गगन थापाले केन्द्रीय कार्यालयसँग समन्वय गरि ‘इलेक्सन ब्यूरो’ बनाउने र ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने घोषणा गरेका हुन्।

यसरी बनेको ब्यूरोले उम्मेद्वारहरुको चयन गर्ने र कुनै–कुनै पालिकामा पार्टीभन्दा बाहिरका मान्छे समेत ल्याउन सकिने बताएका हुन् । कांग्रेस महाधिवेशनको बन्द सत्रमा बोल्दै थापाले यस्तो बताएका हुन्।

उनले भने, ‘लिडरसिप एकेडेमीको कोर्स गरेका व्यक्तिमात्रै उम्मेदवार हुन्छन्। उनीहरू गाउँपालिकाको नेतृत्वमा बस्दा गाउँपालिका वा नगरपालिका कसरी चल्छ र पब्लिक फाइनान्स के हो ? जलवायु परिवर्तन के हो भन्ने कुरा थाहा हुनैपर्छ।’

पार्टीका नेता एवं उपसभापति पुष्प भुसालको नेतृत्वमा गठित ‘इलेक्सन ब्युरो’ ले निर्वाचन केन्द्रित कामहरूलाई व्यवस्थित रूपमा अगाडी बढाईसकेको छ । पार्टीले यसपटक टिकट वितरण प्रणालीमा ठूलो फेरबदल ल्याउने तयारी गरेको छ।

लामो समयसम्म पार्टीमा काम गरेर दुःख पाएको वा निश्चित समय सदस्यता लिएको हुनैपर्ने परम्परागत मान्यतालाई केही खुकुलो बनाउँदै कांग्रेसले प्रजातान्त्रिक मूल्य–मान्यता बोकेका, समाजमा ख्याति कमाइ सकेका र प्रभावकारी डेलिभरी दिन सक्ने योग्य व्यक्तिहरूलाई प्रत्यक्ष प्रवेश (डाइरेक्ट इन्ट्री) को माध्यमबाट उम्मेदवार बनाउने नीति लिएको छ।

स्थानीय सरकारहरूलाई समावेशी र सशक्त बनाउने उद्देश्यसहित पार्टीले महिला उम्मेदवारहरूलाई विशेष प्राथमिकतामा राखेको छ । पार्टी सभापतीले सार्वजनिक रूपमै व्यक्त गरेअनुसार आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा पनि १०० जना महिलाहरूलाई प्रमुख पदमा उम्मेदवार बनाउने गरी कांग्रेसले तयारी थालेको छ ।

टिकट वितरण प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी, व्यवस्थित र संगठनको मर्म अनुकूल बनाउन पार्टीले आधुनिक प्रणालीको विकास गरिरहेको छ ।

पोलिटिकल ब्युरो अन्तर्गत राजनीतिक टिम र टेक्निकल टिमको समायोजन समेत गरिरहेका प्रकाश तिवारीका अनुसार योगदान र योग्यता दुवैको कदर गर्ने प्रणाली निर्माण भइरहेको छ । तिवारी अर्जुनचौपारी गाउँपालिका स्याङ्जाका अध्यक्ष एवं १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्म्दवार समेत रहेका छन् ।

स्थानीय सरकारका प्रमुख भनेको जनतालाई सीधै सेवा प्रवाह गर्ने महत्त्वपूर्ण पद भएकाले क्षमतावान्, अनुभवी र योग्य नेतृत्व चयन गर्नु देशको समृद्धि र सुशासनका लागि अनिवार्य सर्त रहेको निष्कर्ष कांग्रेसको रहेको तिवारीले बताए ।

पार्टीको जारी अधिवेशनलगत्तै यो निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुने बताइएको छ । भुसाल संयोजक र निवर्तमान सहमहामन्त्री जीवन परियार सह संयोजक रहेको इलेक्सन ब्युरोमा तिवारीसहित १७ सदस्य रहेका छन् । जसमध्ये आठ जना राजनीतिक र नौं जना प्राविधिक क्षेत्रमा छन् ।

प्रकाशित: २०८३ असोज २० गते मङ्गलबार ०३:४०
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना