काठमाडौं। नेपाली कांग्रेसको सभापति पदका लागि गगन थापाले उमेदवारी दर्ता गराएका छन्।उनले पन्ध्रौँ महाधिवेशनमा सभापतिका लागि उमेदवारी दर्ता गराएका हुन्।
उनले राष्ट्रिय सभागृह पुगेर उमेदवारी दर्ता गराएका हुन्। थापा विशेष महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएका थिए।
यस्तै कांग्रेसका नेता श्यामकृष्ण खड्कीले पनि सभापतिमा उमेदवारी दिएका छन्।


