२०८३ कार्तिक १२ गते बुधबार

धेरै उम्मेदवार बनेपछि गगनको टीप्पणीःसबैले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने छैन, स्पेस बनाउँछौं

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २०
gagan thapa

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा सबै नेताले केन्द्रीय समितिका लागि प्रतिस्पर्धा गर्न आवश्यक नरहेको बताएका छन्।

मंगलबार मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले स्थानीय तह वा प्रदेशको नेतृत्वमा जान चाहने नेताहरूले अहिले नै केन्द्रीय समितिमा प्रतिस्पर्धा नगर्न आग्रह गरे।

उनले भने,‘यदि कसैलाई पनि स्थानीय सरकारको भोलि नेतृत्व लिने मन छ, मेयर उपमेयर हुने मन छ, प्रदेशमा गएर काम गर्ने मन छ भन्यो भनेदेखि, कृपया अहिले यहाँ केन्द्रीय समितिमा नउठ्दिनुहोला। किनभने जित्नुभयो भने पनि त्यसपछिको तपाईंको सम्भावना रहँदै रहँदैन केन्द्रीय समितिमा हुने साथीको त। तपाईँ प्रतिस्पर्धा गर्नुभयो र हार्नुभयो भने पनि यहाँ केन्द्रीय समितिमा योग्यता भइरहेको हुनाले गर्दा सबैले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने छैन। सबैको लागि स्पेस बनाउने काम भोलिका दिनमा हामी गछौं।’

थापाले पार्टीका वरिष्ठ तथा नयाँ दुवै पुस्ताका नेताहरूलाई प्रतिस्पर्धाका विषयमा सोच्न आग्रह गर्दै सबैका लागि आगामी दिनमा स्पेस बनाउने बताए।

उनले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका सबै नेताका लागि समान आधार बनाउन आफूले भूमिका खेलेको बताए। विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि पार्टीको नेतृत्वमा प्रतिस्पर्धाका लागि समान अवसर होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ।

थापाले केन्द्रीय समिति विस्तार गर्नुको उद्देश्य विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु पनि रहेको बताए। खुला समूहबाट मात्रै धेरै प्रतिनिधि आउँदा दलित, मधेसीलगायत समुदायको प्रतिनिधित्व घट्न सक्ने भएकाले विभिन्न क्लस्टरलाई समेट्ने गरी संरचना बनाइएको उनले बताए।

उनले उपसभापतिमा कम्तीमा एक महिला सुनिश्चित गर्ने व्यवस्था पनि समावेशी प्रतिनिधित्वकै उद्देश्यले गरिएको बताए।

थापाले पार्टीभित्र प्रतिस्पर्धालाई सामान्य र मैत्रीपूर्ण रूपमा लिनुपर्ने बताए। आफूले विगतमा पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित र हार दुवै व्यहोरेको उल्लेख गर्दै हार्दैमा राजनीतिक यात्रा समाप्त नहुने बताए।

उनले पार्टीका महत्वपूर्ण नेताहरूलाई विभिन्न पदमा जोडेर लैजान आफूले व्यक्तिगत रूपमा आग्रह गरिरहेको बताए। उनले डा. मिनेन्द्र रिजाल, मीन विश्वकर्मालगायत नेतासँग कुराकानी गरेको जानकारी दिए।

थापाका अनुसार नयाँ विधानअनुसार महामन्त्रीहरूको जिम्मेवारीसमेत विभाजन गरिएको छ। एउटा महामन्त्रीले संगठन, अर्कोले कार्यालय र अर्कोले राजनीतिक मामिला हेर्ने गरी जिम्मेवारी तोकिएको उनले बताए।

 

प्रकाशित: २०८३ असोज २० गते मङ्गलबार ०८:३४
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना