२०८३ असोज २२ गते बिहिबार

राष्ट्रिय टोलीबाट महान फुटबलर लियोनल मेस्सीको भावुक विदाइ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
messi

काठमाडौं। अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। राजधानी ब्युनस आयर्सस्थित एस्टाडियो मास मोनुमेन्टलमा भएको खेल मेस्सीको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हो।

नेपाली समय अनुसार आज बिहान भएको खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाए। अर्जेन्टिनाका लागि यो मेसीको २०८औं अन्तर्राष्ट्रिय खेल थियो। उक्त जितसँगै उनको भावुक विदाइ पनि गरिएको छ। ३९ वर्षीय मेसीले ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा आज बिहान ८५ हजारभन्दा बढी दर्शकबीच आफ्नो २० वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल खेलेका हुन्।

अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेलेका मेस्सीले राष्ट्रिय टोलीबाट २०७ खेलमा १२५ गोल गरेका छन्। उनले ६८ गोलमा सहयोगसमेत गरेका छन्। उनले खेलको १०औं मिनेटमा आफ्नो प्रसिद्ध १० नम्बरको जर्सीको सम्मानमा भएको एक मिनेटको तालीपछि मैदानमा भावुक क्षण बिताए। सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउने टोलीका सदस्य र उनीहरूका परिवारसमेत खेल हेर्न उपस्थित भएका थिए।

अर्जेन्टिनाको फुटबल इतिहासमा सबैभन्दा बढी उपलब्धि हासिल गर्ने खेलाडीमध्येका मेस्सीले सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका तथा सन् २०२२ मा फिफा विश्वकप र फिनालिसिमा उपाधि पनि जितेका थिए।

सन् २०२६ को विश्वकप फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदाइ लिन लागेका मेस्सीले अगस्ट ३१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए।

फिफा विश्व वरीयतामा अर्जेन्टिना दोस्रो स्थानमा छ भने बेनिन ८९औँ स्थानमा छ। बेनिनको प्रशिक्षकमा सन् २०१८ को विश्वकपमा नाइजेरियाको नेतृत्व गरेका गेर्नोट रोहर छन्। मेस्सीको बिदाइ खेललाई अर्जेन्टिनाका समर्थकले उनको दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय करियरको उत्सवका रूपमा लिएका छन्। एएनआई

 

प्रकाशित: २०८३ असोज २१ गते बुधबार १०:२९
प्रतिक्रिया

थप समाचार

मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि

काठमाडौं। अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ। अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने तयारीमा रहेका मेस्सीलाई विश्वविद्यालयले...

बीपीसी क्रिकेट लिगमा सिड च्यालेन्जर्स विजेता, ८० हजार रुपैयाँ पुरस्कार

काठमाडौँ: ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी)ले आयोजना गरेको बीपीसी क्रिकेट लिग २०२६ (इन्डोर) को उपाधि सिड च्यालेन्जर्सले जितेको छ। विजेता टोलीले ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। द...

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर: कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त...

पर्वतमा प्रथम दुर्लुङकोट हाफ म्याराथन हुँदै, प्रथम पुरस्कार एक लाख

पर्वत: पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।दुर्लुङकोट म्याराथन समाजको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवाहरूलाई...

ब्रिटिश प्रोफेसनल कलेजको आयोजनामा क्रिकेट लिग हुँदै, १६ टोलीबीच प्रतिस्पर्धा

काठमाडौँ–  द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी)ले काठमाडौँमा चार दिने 'एसीसीए प्रेजेन्ट्स: बीपीसी क्रिकेट लिग २०२६' आयोजना गर्ने भएको छ। बूढानीलकण्ठको चुनिखेलस्थित...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना