२०८३ असोज २२ गते बिहिबार

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
ncell1

काठमाडौँ: एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट तथा ‘बाइ वान गेट वान’ सुविधा पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराइएको हो।

रु. ४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ सुविधा पाउनेछन्। त्यस्तै, एक्लै सेवा लिने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्।

रु. ९९ देखि रु. ४९९ भन्दा कम मूल्यका प्याक वा प्लान उपभोग गर्ने ग्राहकले पनि छुटको सुविधा पाउनेछन्। युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत र पर्यटकले १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

साझेदारी सम्झौता एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले हालै एक कार्यक्रमबीच आदानप्रदान गरेका थिए।

छुट तथा अन्य सुविधा लिन ग्राहकले एनसेल एपमा रहेको ‘पार्टनर्ड सर्भिसहरू’ मा गएर ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक आउटलेटमा रिडिम गर्नुपर्नेछ। ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा एपमा उपलब्ध लाभ देखिनेछ। योग्य नभएका ग्राहकले योग्य प्याक वा योजना खरिद गरेर सुविधा लिन सक्नेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ग्राहकका लागि कनेक्टिभिटीबाहेक अन्य क्षेत्रमा पनि अर्थपूर्ण मूल्य सिर्जना गर्ने उद्देश्यले साझेदारी गरिएको बताए। वेलनेस अनुभवलाई एनसेलको इकोसिस्टमसँग जोडेर ग्राहकका लागि थप सान्दर्भिक र पहुँचयोग्य लाभ उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ।

प्रकाशित: २०८३ असोज २१ गते बुधबार ०१:५७
प्रतिक्रिया

थप समाचार

भोटेकोशी बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युतको ऋण १७.७० अर्ब, आयोजनाको भविष्य अनिश्चित

आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयर दिने

काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता...

‘पल्सर आरपीएम बुटवल’ सम्पन्न, २५ सय युवा सहभागी

बुटवलमा युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको पल्सर आरपीएम  सम्पन्न भएको छ। बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा...

अनरको दशैं, तिहार, छठलक्षित उपहार योजना, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर

काठमाडौँ: स्मार्टफोन ब्रान्ड अनरले दशैं, तिहार र छठको अवसर पारेर ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियान सार्वजनिक गरेको छ। ४ अक्टोबरदेखि १५ नोभेम्बर  २०२६ सम्म सञ्चालन हुने अभियानमा...

आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि स्वीफ्ट टेक्नोलोजीलाई

काठमाडौँः आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ। काठमाडौंस्थित धन्वन्तरी फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा स्वीफ्ट टेक्नोलोजीले आइएमई वारियर्सलाई ५–१ गोलअन्तरले...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना