२०८३ असोज २२ गते बिहिबार

बैंकले दिए ६५ अर्ब सहुलियत कर्जा, कृषि क्षेत्रमा धेरै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २२
money

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत ४३ हजारभन्दा बढी ऋणीलाई ६५ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर्जा स्वीकृत गरेका छन्।

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष २०८३–८४को साउन मसान्तसम्मको तथ्यांकअनुसार कुल ४३ हजार ५१ जना ऋणीलाई ६५ अर्ब ४० करोड ३३ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको हो।

राष्ट्र बैंकका अनुसार, स्वीकृत कर्जामध्ये उक्त अवधिमा ३२ अर्ब ९७ करोड रुपैयाँ हाराहारी बक्यौता रहेको छ। स्वीकृत कर्जा र बक्यौता एउटै रकम भने होइन। स्वीकृत रकम बैंकले स्वीकृत गरेको कुल कर्जा हो भने बक्यौता ऋणीले तिर्न बाँकी रहेको रकम हो।

सहुलियतपूर्ण कर्जाको सबैभन्दा ठूलो हिस्सा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा गएको छ। साउन मसान्तसम्म यस शीर्षकमा १८ हजार ३४२ जना ऋणीले ४० अर्ब १८ करोड रुपैयाँभन्दा बढी कर्जा स्वीकृत गराएका छन्।

कृषि तथा पशुपन्छी कर्जाको बक्यौता भने २६ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको छ। यसले सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत बैंकिङ क्षेत्रको ठूलो लगानी कृषि तथा पशुपन्छी व्यवसायमा केन्द्रित रहेको देखाउँछ।

त्यसपछि महिला उद्यमशील कर्जामा ठूलो रकम गएको छ। राष्ट्र बैंकका अनुसार यस शीर्षकमा २४ हजार १७८ जना ऋणीलाई २४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ। महिला उद्यमशील कर्जाको बक्यौता करिब ५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।

अन्य शीर्षकमा कति ?

राष्ट्र बैंकको तथ्यांकमा शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, दलित समुदाय व्यवसाय विकास, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा, प्राकृतिक विपद्का पीडितको निजी आवास, कपडा उद्योग र युवा स्वरोजगारलगायत विभिन्न शीर्षक समावेश छन्।

साउन मसान्तसम्म शिक्षित युवा स्वरोजगार कर्जामा ७१ जना, विदेशबाट फर्केका युवा परियोजना कर्जामा १२३ जना, दलित समुदाय व्यवसाय विकास कर्जामा २३९ जना र प्राकृतिक विपद्का पीडितको निजी आवास कर्जामा १४ जना ऋणी रहेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

ब्याजदर कसरी निर्धारण हुन्छ?

सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो बेस रेटमा अधिकतम १.५ प्रतिशतसम्म प्रिमियम थप गर्न सक्ने व्यवस्था छ। अर्थात् बैंकले तोकेको बेस रेटमा तोकिएको सीमाभन्दा बढी प्रिमियम थपेर ब्याजदर कायम गर्न पाइँदैन।

कर्जाको ब्याज अनुदानसम्बन्धी व्यवस्था भने सरकारले लागू गरेको कार्यविधिअनुसार हुन्छ। हाल बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्ने कर्जामा लाग्ने ब्याजदरमध्ये ३ प्रतिशत सरकारले अनुदान स्वरुप प्रदान गर्दै आएको छ।

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान ५ वर्षसम्म उपलब्ध हुने व्यवस्था छ। हाल ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ लागू छ। यो कार्यविधि तथा व्यवस्था २०८७ सालको असार मसान्तसम्म सक्रिय रहने राष्ट्र बैंकले जनाएको छ।

कृषि कर्जाको सीमा ५ करोडसम्म

२०८२ को कार्यविधिअनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था छ। त्यस्तै महिला उद्यमशील कर्जामा २५ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा तथा शिक्षित युवा स्वरोजगार कर्जामा २० लाख रुपैयाँसम्म कर्जा सीमा तोकिएको छ।

दलित समुदाय व्यवसाय विकास कर्जामा २० लाख रुपैयाँसम्म, स्टार्टअप उद्यम कर्जामा २५ लाख रुपैयाँसम्म तथा उद्योगमा बोइलर प्रतिस्थापनका लागि ५० लाख रुपैयाँसम्म कर्जा सीमा तोकिएको छ।

यद्यपि पछिल्ला संशोधनसँगै सहुलियतपूर्ण कर्जाका शीर्षक र व्यवस्थामा परिवर्तन भएकाले कर्जा लिन चाहनेले हाल कायम संशोधित कार्यविधिअनुसार आफ्नो योग्यता, कर्जा सीमा र ब्याज अनुदानको व्यवस्था हेर्नुपर्ने हुन्छ।

प्रकाशित: २०८३ असोज २२ गते बिहिबार ०८:०७
प्रतिक्रिया

थप समाचार

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने...

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम रहेको...

भारतमा चार वर्षपछि बढ्यो रेपोदर, यस्तो छ कारण

रेपोदर वृद्धिको निर्णय पछाडि मुख्यतः तीनवटा कारण देखिएका छन्—अपेक्षाभन्दा बलियो आर्थिक वृद्धि, पुनः बढ्न थालेको मुद्रास्फीति जोखिम र विश्वव्यापी ब्याजदरको बदलिँदो अवस्था।

दशैँमा एटीएमबाटै झिक्नुहोस् १०० का सुकिला नयाँ नोट

काठमाडौँ: नेपाल राष्ट्र बैंकले यसपालिको दशैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब खिच्दै

काठमाडौँः बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ प्रणालीबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरी...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना