काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर दिने भएको छ।
कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ। कम्पनीले बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी बढ्नेछ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी साधारणसभामा प्रस्ताव लैजानेछ।
