काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको बजारले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। गत शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरका १ करोड २७ लाख १९ हजार कित्ता सेयर किनबेच भएका छन्।
सोमबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभल १४.९९ प्रतिशतले बढेको छ। यता, रिज लाइन इनर्जीको सेयरमूल्य सर्वाधिक ६.२९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २५ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


