२०८३ असोज २९ गते बिहिबार

बागमती प्रदेश आर्थिक वृद्धिमा अगाडि, जीडीपीको आकार २४ खर्ब २३

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
bagmati_provience

काठमाडौँः आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले बागमती प्रदेशमा उक्त आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो।

राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएका बेला बागमतीको वृद्धिदर भने तुलनात्मक रूपमा उच्च देखिएको हो।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यकअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बागमती प्रदेशको हिस्सा ३६.७१ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ७६.५३, उद्योगको १२.२४ र कृषिको ११.२३ प्रतिशत रहने अनुमान छ।

उक्त प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो आर्थिक वर्षको ३७.४९ प्रतिशतबाट बढेर ४१.०८ प्रतिशत पुगेको छ। चाउचाउ उद्योगले ८८.३ प्रतिशत क्षमता उपयोग गर्दा तयारी पोशाक र बिस्कुट उद्योगको क्षमता उपयोग क्रमशः ७७.९ र ७४.४ प्रतिशत रहेको छ। निर्माण क्षेत्रको सुस्त गतिविधिका कारण सिमेन्ट उद्योग भने ५५ प्रतिशत क्षमतामा सीमित रहेको अध्ययनले देखाएको छ।

प्रदेशमा औद्योगिक कर्जा काठमाडौं जिल्लामा केन्द्रित छ। कुल औद्योगिक कर्जाको ९२.७३ प्रतिशत काठमाडौंमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।

कृषि उत्पादन र सिँचाइमा चुनौती

बागमती प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल १.४ प्रतिशतले घटेको छ। कुल खेतीयोग्य जमिनमध्ये १४.६ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको अध्ययनले देखाएको छ। दूध उत्पादन ०.७ प्रतिशत र मासु उत्पादन ३.१ प्रतिशत बढे पनि अण्डा उत्पादन ८.३ प्रतिशत घटेको छ। तरकारी उत्पादन भने २.८ प्रतिशतले बढेको छ।

प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.७९ प्रतिशतले बढेर ५२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। कर्जा प्रवाह पनि ९.०७ प्रतिशतले वृद्धि भई ३६ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ।

घरजग्गा रजिस्ट्रेसन संख्या ९.६ प्रतिशतले बढे पनि त्यसबाट प्राप्त राजस्व १६.८ प्रतिशत घटेको छ। होटलहरूको औसत अकुपेन्सी ४७.०९ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ।

त्यस्तै, बागमती प्रदेश सरकारले ६७ अर्ब ४८ करोड रुपैयाँको बजेटमध्ये ६८.१८ प्रतिशत मात्रै खर्च गरेको छ। प्रतिवेदनमा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट सडक, पुल, भन्सार तथा जलविद्युत् पूर्वाधारमा क्षति पुगेको विवरणसमेत समेटिएको छ।

प्रकाशित: २०८३ असोज २७ गते मङ्गलबार ०१:३२
प्रतिक्रिया

थप समाचार

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई, के हो उनीहरूको योगदान?

काठमाडौँ: सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल उडफोर्डलाई प्रदान गरिएको छ। अर्थतन्त्रलाई स्थिर राख्ने नीतिको सूक्ष्म आर्थिक आधारसम्बन्धी...

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने...

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय भन्दा बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ। यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना