२०८३ असोज २९ गते बिहिबार

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
mudrasfiti

काठमाडौँः विदेशमा रहेका नेपालीले पठाएको पैसा बढिरहेको छ। रेमिट्यान्सका कारण देशको विदेशी मुद्रा सञ्चिति पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। तर, यसको प्रत्यक्ष अनुभूति भने सर्वसाधारणले आफ्नो भान्सामा गर्न पाएका छैनन्। बरु दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा परिवारको खर्च धान्न थप कठिन हुन थालेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८३/०८४ को दुई महिनामा (भदौ मसान्तसम्म) विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा रेमिट्यान्स २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

तर, यही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको भदौमा यस्तो महँगी १.८७ प्रतिशत मात्रै थियो।

यसको अर्थ आम उपभोक्ताले अघिल्लो वर्षको तुलनामा दैनिक उपभोगका वस्तु तथा सेवाका लागि बढी पैसा खर्च गर्नुपरेको छ।

तेल, फलफूल र चिनी सबै महँगिए

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

खाद्य वस्तुमध्ये सबैभन्दा धेरै घ्यू तथा तेलको मूल्य बढेको छ। यसको मूल्य १६.६८ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ। फलफूलको मूल्य १५.९९, चिनीजन्य पदार्थको १२.१४, माछामासुको ७.३४ र तरकारीको मूल्य ७.०७ प्रतिशत बढेको छ।

अर्थात् घरपरिवारको नियमित खर्चमा पर्ने खाना पकाउने तेल, तरकारी, फलफूल, चिनी र माछामासुजस्ता वस्तुको मूल्य नै बढ्दा सर्वसाधारणको मासिक बजेटमा थप दबाब परेको छ।

गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि पनि ५.६९ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी महँगी मधेश प्रदेशमा ७.४८ प्रतिशत पुगेको छ। काठमाडौं उपत्यकामा ५.२८ र सुदूरपश्चिममा ५.१६ प्रतिशत मूल्यवृद्धि भएको छ।

‘महँगी बढ्नु चिन्ताको विषय’

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पनि पछिल्लो समय मुद्रास्फीति बढ्नु चिन्ताको विषय भएको बताएका छन्। ‘मुद्रास्फीति बढेको देखिएको छ। अर्कोतर्फ विप्रेषण र विदेशी मुद्रा सञ्चिति पनि बढेको छ। तर, मुद्रास्फीति बढेको कुरा चाहिँ अलिकति चिन्ता मान्नुपर्ने विषय हो कि जस्तो लाग्छ मलाई,’ पौडेलले भने।

उनका अनुसार पछिल्लो समय महँगी लगातार मासिक रूपमा बढ्दै गएको छ। बैशाखभन्दा जेठ, जेठभन्दा असार, असारभन्दा साउन र साउनभन्दा भदौमा मुद्रास्फीति बढ्दै गएको उनले बताए।

पौडेलका अनुसार गत भदौमा आएको बाढीपहिरो तथा आपूर्ति व्यवस्थामा आएको अवरोधले पनि मूल्यवृद्धिमा असर गरेको छ। विशेषगरी रसुवामा आएको बाढीले आपूर्ति व्यवस्थामा समस्या सिर्जना गर्दा त्यसको असर बजार मूल्यमा परेको उनको भनाइ छ।

‘भदौमा मुद्रास्फीति बढ्नुको कारण भदौमा आएको बाढीपहिरो, आपूर्तिजन्य घटनाहरू र रसुवा बाढी नै मुख्य कारण हुन सक्छ,’ पौडेलले भने।

वर्षायाममा तरकारीलगायत वस्तुको उत्पादन तथा आपूर्तिमा आउने समस्या र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिले पनि नेपाली बजारमा मूल्य बढाउने दबाब सिर्जना गरेको राष्ट्र बैंकको भनाइ छ।

रेमिट्यान्स बढे पनि राहत किन महसुस भएन?

साउन र भदौमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। भदौमा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ।

रेमिट्यान्स बढ्नु नेपाली अर्थतन्त्रका लागि सकारात्मक भए पनि यसको ठूलो हिस्सा घरायसी उपभोग, शिक्षा, स्वास्थ्य, ऋण भुक्तानीलगायत आवश्यकतामा खर्च हुने गर्छ।
अर्कोतर्फ, विदेशी मुद्रा सञ्चिति बढेर ४० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। उक्त सञ्चितिले करिब १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

आयात बढ्दा पनि बजार सस्तो भएन

मुलुकमा आयात पनि तीव्र रूपमा बढेको छ। पहिलो दुई महिनामा आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगे पनि व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

पेट्रोलियम पदार्थ, रासायनिक मल, भटमासको कच्चा तेल तथा सवारीसाधनका पार्टपुर्जालगायत वस्तुको आयात बढेको राष्ट्र बैंकले जनाएको छ।

बाह्य क्षेत्र बलियो भए पनि महँगी लगातार बढिरहेमा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको क्रयशक्तिमा पर्छ। एउटै आम्दानीबाट पहिलेभन्दा कम सामान किन्नुपर्ने अवस्था आएपछि परिवारको खर्च व्यवस्थापन थप कठिन हुन्छ।

राष्ट्र बैंकले मुद्रास्फीतिलाई निश्चित सीमाभित्र राख्ने लक्ष्य लिएको छ। चालू आर्थिक वर्ष मुद्रास्फिती साढे ५ प्रतिशतमा सीमित राख्यो लक्ष्य राष्ट्र बैंकको छ। तर, आर्थिक वर्षको सुरुवातदेखि नै महँगी बढ्दै गएकाले मूल्य स्थिरता कायम गर्नु केन्द्रीय बैंकका लागि चुनौतीपूर्ण बन्न सक्ने प्रवक्ता पौडेल बताउँछन।

‘आर्थिक वर्षको सुरुवाती महिनाहरूबाटै यसरी बढ्दै जानु भनेको राष्ट्र बैंकका लागि अलिकति थोरै चुनौतीपूर्ण विषय हुन सक्ला कि भन्ने छ,’ पौडेलले नेपाल क्लिक्ससँग भने।

प्रकाशित: २०८३ असोज २९ गते बिहिबार ०६:१६
प्रतिक्रिया

थप समाचार

दसैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल, धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा (तस्विरहरू)

काठमाडौं। दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र...

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको...

फोनपे अनर्सको पहिलो संस्करण सम्पन्न, २५ विधामा उत्कृष्ट साझेदार सम्मानित

काठमाडौँ: नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले डिजिटल भुक्तानी इकोसिस्टममा उत्कृष्ट योगदान पुर्‍याउने बैंक तथा वित्तीय संस्था, व्यवसाय र प्रविधि साझेदारलाई सम्मान गरेको छ। कम्पनीले...

बाढीपीडितलाई सामसङको मर्मत र नयाँ सामान फेर्दा लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट

काठमाडौँ: सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई मोबाइल फोन तथा घरायसी विद्युतीय उपकरणको मर्मत र नयाँ सामान फेर्न लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले बाढीपीडितलाई...

एक्स्ट्रिम म्युजिक सिरिज सुरु, हरेक दुई सातामा नयाँ गीत सार्वजनिक हुने

काठमाडौँ: नेपाली सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका कलाकार र मौलिक सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु भएको छ। 'नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !' नारासहित एक्स्ट्रिम...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना