२०८३ असोज २८ गते बुधबार

एक्स्ट्रिम म्युजिक सिरिज सुरु, हरेक दुई सातामा नयाँ गीत सार्वजनिक हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २६
xtream_energy

काठमाडौँ: नेपाली सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका कलाकार र मौलिक सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु भएको छ। ‘नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !’ नारासहित एक्स्ट्रिम इनर्जी ड्रिंकले अक्टोबर १० देखि सुरु गरेको यस सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ।

आर्बिट्ररी रेकड्र्सको व्यवस्थापन र एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) को निर्माणमा सञ्चालन हुने सिरिजले नयाँ सङ्गीत शैली, नवीन दृश्य प्रस्तुति र सिर्जनात्मक सहकार्यमार्फत नेपाली सङ्गीतमा फरक पहिचान स्थापित गर्ने लक्ष्य राखेको छ। सिरिजका गीत तथा म्युजिक भिडियो ‘एक्स्ट्रिम म्युजिक सिरिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।

सिरिजको पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन्। प्रत्येक कलाकारले आफ्नो छुट्टै सङ्गीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजमा योगदान दिनेछन्।

परम्परागत सङ्गीत शैलीभन्दा फरक प्रयोग, स्वतन्त्र अभिव्यक्ति र नयाँ पुस्ताको सिर्जनशीलतालाई प्राथमिकता दिने उद्देश्यले सिरिज सुरु गरिएको आयोजकले जनाएको छ। यस पहलले नेपाली सङ्गीत क्षेत्रका नयाँ प्रतिभालाई पहिचान दिलाउनुका साथै स्थानीय सङ्गीत संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ असोज २६ गते सोमबार ११:३३
प्रतिक्रिया

थप समाचार

दसैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल, धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा (तस्विरहरू)

काठमाडौं। दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र...

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको...

फोनपे अनर्सको पहिलो संस्करण सम्पन्न, २५ विधामा उत्कृष्ट साझेदार सम्मानित

काठमाडौँ: नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले डिजिटल भुक्तानी इकोसिस्टममा उत्कृष्ट योगदान पुर्‍याउने बैंक तथा वित्तीय संस्था, व्यवसाय र प्रविधि साझेदारलाई सम्मान गरेको छ। कम्पनीले...

बाढीपीडितलाई सामसङको मर्मत र नयाँ सामान फेर्दा लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट

काठमाडौँ: सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई मोबाइल फोन तथा घरायसी विद्युतीय उपकरणको मर्मत र नयाँ सामान फेर्न लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले बाढीपीडितलाई...

क्षेत्रीय २० शहरमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता आधिकारिक...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना