२०८३ असोज २८ गते बुधबार

फोनपे अनर्सको पहिलो संस्करण सम्पन्न, २५ विधामा उत्कृष्ट साझेदार सम्मानित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २६
IMG_1734

काठमाडौँ: नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले डिजिटल भुक्तानी इकोसिस्टममा उत्कृष्ट योगदान पुर्‍याउने बैंक तथा वित्तीय संस्था, व्यवसाय र प्रविधि साझेदारलाई सम्मान गरेको छ। कम्पनीले पहिलोपटक आयोजना गरेको ‘फोनपे अनर्स २०८३’ मा सात विधाअन्तर्गत २५ वटा सम्मान प्रदान गरेको हो।

अक्टोबर ९ मा काठमाडौंस्थित द सोल्टीमा आयोजित कार्यक्रममा ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। बैंक तथा वित्तीय संस्था, नियामक निकाय, फिनटेक कम्पनी, व्यवसायी र प्रविधि साझेदारका प्रतिनिधि कार्यक्रममा उपस्थित थिए।

फोनपेले कार्यक्रममा डिजिटल भुक्तानीलाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित नयाँ सेवा तथा उत्पादनसमेत सार्वजनिक गरेको छ। कम्पनीले नियमित भुक्तानी स्वचालित बनाउने ‘अटोपे’, समूहगत खर्च व्यवस्थापन गर्ने ‘फोनपे सर्कल’ र आवाजको माध्यमबाट भुक्तानी गर्न सकिने ‘टक टु पे’ सार्वजनिक गरेको हो।

त्यस्तै, फोनपे बिजनेस एपलाई पुनः ब्रान्डिङ गर्दै ‘फोनबिज’ नामबाट प्रस्तुत गरिएको छ। यस एपमार्फत व्यवसायीले भुक्तानीको विवरण हेर्न, कर्मचारीको तलब तथा विक्रेतालाई रकम भुक्तानी गर्न, व्यावसायिक प्रतिवेदन प्राप्त गर्न र कर्जाका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

सम्मानअन्तर्गत फोनपे क्यूआरमा सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंकको जारीकर्तातर्फ ग्लोबल आइएमई बैंक र अधिग्रहणकर्तातर्फ एनआईसी एसिया बैंक सम्मानित भएका छन्। विकास बैंकतर्फ दुवै विधामा मुक्तिनाथ विकास बैंक तथा वित्त कम्पनीतर्फ मञ्जुश्री फाइनान्सले सम्मान पाएका छन्। वालेट साझेदारतर्फ जारीकर्ता र अधिग्रहणकर्ता दुवै विधामा इसेवा सम्मानित भएको छ। फोनपे क्यूआरका लागि सर्वाधिक सक्रिय व्यापारी आबद्ध गराउने साझेदारको सम्मान कुमारी बैंकले पाएको छ।

फोनपे डाइरेक्टमा सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंकतर्फ ग्लोबल आइएमई बैंक, विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक र वित्त कम्पनीतर्फ मञ्जुश्री फाइनान्स सम्मानित भएका छन्। फोनपे बिल्समा सर्वाधिक कारोबार गर्ने साझेदारको सम्मान नबिल बैंकले प्राप्त गरेको छ।

सीमापार भुक्तानीतर्फ सर्वाधिक कारोबार संख्या र रकम दुवै विधामा इसेवा सम्मानित भएको छ। फोनपे क्रेडिट कार्ड जारी गर्ने वाणिज्य बैंकतर्फ लक्ष्मी सनराइज बैंक, विकास बैंकतर्फ गरिमा विकास बैंक र वित्त कम्पनीतर्फ मञ्जुश्री फाइनान्सले सम्मान पाएका छन्। फोनपे क्रेडिट कार्डमा सर्वाधिक कारोबार गर्ने साझेदारको सम्मान सिटिजन्स बैंकले प्राप्त गरेको छ।

व्यापारी विधामा सर्वाधिक फोनपे क्यूआर भुक्तानी स्वीकार गर्ने व्यापारीका रूपमा मेगा मार्ट र फोनपे क्रेडिट कार्ड भुक्तानी स्वीकार गर्ने व्यापारीका रूपमा भाटभटेनी सुपर मार्केट सम्मानित भएका छन्।

विशेष सम्मानअन्तर्गत उच्च प्रभावकारी रणनीतिक सहकार्यका लागि सिटिजन्स बैंक, उद्यम स्रोत योजना (ईआरपी) एकीकरणका लागि आईएमएस सफ्टवेयर, वित्तीय प्रविधि प्रणाली विकासमा योगदानका लागि काठमाडौं फिनटेक तथा डिजिटल भुक्तानीमा उत्कृष्ट योगदानका लागि भाटभटेनी सुपर मार्केट सम्मानित भएका छन्।

कार्यक्रममा पूर्वअर्थमन्त्री खनालले डिजिटल भुक्तानीले नेपालको वित्तीय तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले डिजिटल अर्थतन्त्रको विकासका लागि निरन्तर नवप्रवर्तन, सहकार्य र जिम्मेवार विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले नेपालको डिजिटल भुक्तानी इकोसिस्टम नियामक निकाय, वित्तीय संस्था, व्यापारी, प्रविधि साझेदार र लाखौँ प्रयोगकर्ताको सामूहिक प्रयासबाट विकास भएको बताए। आगामी दिनमा पनि सहकार्य, विश्वास र नवप्रवर्तनमार्फत डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने उनले प्रतिबद्धता व्यक्त गरे।

डिजिटल भुक्तानी दैनिक कारोबारको अभिन्न हिस्सा बन्दै गएको अवस्थामा फोनपे अनर्सलाई नेपालको डिजिटल वित्तीय क्षेत्रमा योगदान पुर्‍याउने संस्था, व्यवसाय र व्यक्तिलाई सम्मान गर्ने वार्षिक मञ्चका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य छ।

प्रकाशित: २०८३ असोज २६ गते सोमबार ०२:१७
प्रतिक्रिया

थप समाचार

दसैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल, धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा (तस्विरहरू)

काठमाडौं। दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र...

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको...

बाढीपीडितलाई सामसङको मर्मत र नयाँ सामान फेर्दा लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट

काठमाडौँ: सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई मोबाइल फोन तथा घरायसी विद्युतीय उपकरणको मर्मत र नयाँ सामान फेर्न लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले बाढीपीडितलाई...

एक्स्ट्रिम म्युजिक सिरिज सुरु, हरेक दुई सातामा नयाँ गीत सार्वजनिक हुने

काठमाडौँ: नेपाली सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका कलाकार र मौलिक सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु भएको छ। 'नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !' नारासहित एक्स्ट्रिम...

क्षेत्रीय २० शहरमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता आधिकारिक...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना