काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो।
उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने गर्दथ्यो। टनेल खेतीले उपत्यकाका वासिन्दाको आवश्यकताको ठूलो हिस्साको पूर्ति गर्थ्यो। त्यसबेला प्रकृति र मानिसबीचको सम्बन्ध विशेष थियो।
तर अहिले जग्गाको कित्ताकाट, प्लटिङ र कंक्रिट निर्माणको प्रक्रिया बाक्लिएसँगै कुन्युहरू अब इतिहासमा मात्र सीमित रहनुपर्ने अवस्थाको सिर्जना भएको छ।
ललितपुरको गोदावरी नगरपालिका बडिखेल क्षेत्रबाट कैद गरिएको उपत्यकाको धानखेत, तरकारीको टनेलहरु र बाक्लिँदै गएका घरहरुका दृश्य।






















