२०८३ कार्तिक १० गते सोमबार

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ९
photo-9_24176c67

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।

ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले पाँच करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र करिब दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् ।

उनका अनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउने उद्देश्यले पुल निर्माण गरिएको हो ।

चक्रपथमा सडक वारपार गर्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न महानगरपालिकाले उक्त संरचना निर्माण गरेको उनले बताइन् ।

‘यो अपाङ्गतामैत्री लिफ्टसहितको पुल हो । यहाँ धेरै मानिसले सडक वारपार गर्नुपर्ने भए पनि सहज र सुरक्षित व्यवस्था नहुँदा दुर्घटनासमेत हुने गरेको थियो । त्यसलाई सम्बोधन गर्न महानगरपालिकाले यो पुल निर्माण गरेको हो,’ उनले भनिन् ।

उनका अनुसार पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । लिफ्ट प्रयोग गर्न सम्बन्धित बटन थिचेपछि आवश्यक दिशातर्फ जान सकिने प्रणाली जडान गरिएको छ । यसले विशेषगरी सिँढी चढ्न कठिनाइ हुने व्यक्तिलाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

लुईटेलले पुलमा लिफ्टका साथै स्तनपान कक्ष र कफी सपसमेत रहने जानकारी दिइन् । आधुनिक सुविधासहित निर्माण भइरहेको उक्त पुल नेपालमै फरक प्रकृतिको संरचना हुने उनको दाबी छ ।

पुल निर्माणको काम निर्धारित समयभन्दा केही ढिलो भएको उनले बताइन् । निर्माणका लागि आवश्यक सामग्री समयमा उपलब्ध हुन नसक्दा काम लम्बिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘दुई वर्षअघि यसको शिलान्यास भएको हो । पहिले नै सम्पन्न गर्ने भनिएको थियो, तर आवश्यक सामग्री नआइपुगेका कारण केही ढिलाइ भयो । अहिले भने तीव्र गतिमा काम भइरहेको छ ।’

पुल सञ्चालनमा आएपछि कुसुन्ती हाइट तथा आसपासका क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रीलाई चक्रपथ वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा अशक्त व्यक्तिका लागि लिफ्टको सुविधा उपयोगी हुने देखिन्छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन ।

प्रकाशित: २०८३ कार्तिक ९ गते आईतबार ०८:५१
प्रतिक्रिया

थप समाचार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

८ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

काठमाडौँः सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि बढाएको छ। पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान, हेर्नुस् तस्बिरहरूमा

धादिङ: सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ। देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला...

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी: पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। गत असोज ८ देखि ११ गतेसम्मको...
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना