२०८३ कार्तिक १४ गते शुक्रबार

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
money

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुलेृ कूल २ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन्।

प्रदेशमा कुल १ खर्ब ६३ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। निक्षेप १८.५६ प्रतिशत बढ्दा कर्जा प्रवाह ३.८२ प्रतिशत मात्रै बढेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ।

प्रदेशका ९ जिल्लामध्ये कर्जा प्रवाह कैलाली र कञ्चनपुरमा अत्यधिक केन्द्रित छ। कुल कर्जाको ६८.३७ प्रतिशत कैलाली र १९.९२ प्रतिशत कञ्चनपुरमा प्रवाह भएको छ। यी २ जिल्लाले मात्रै कुल कर्जाको ८८.२९ प्रतिशत हिस्सा ओगटेका छन्। बाँकी ७ पहाडी तथा हिमाली जिल्लामा भने ११.७१ प्रतिशत कर्जा मात्रै पुगेको छ।

प्रतिवेदनअनुसार पहाडी ७ जिल्लाबाट ५९ अर्ब १८ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको छ। तर, ती जिल्लामा कर्जा प्रवाहको हिस्सा तुलनात्मक रूपमा निकै कम छ। बाजुरामा ५ अर्ब ४४ करोड निक्षेप संकलन हुँदा १ अर्ब ५८ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ। बैतडीमा ९ अर्ब ७७ करोड निक्षेप संकलन हुँदा २ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

कृषि क्षेत्रमा पनि बैंकको लगानी घटेको छ। प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान ३३.६५ प्रतिशत रहे पनि कुल कर्जामा कृषि क्षेत्रको हिस्सा ९.५६ प्रतिशत मात्रै छ। समीक्षा वर्षमा कृषि कर्जा २.१३ प्रतिशत घटेर १५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ।

यसैगरी, प्रदेशमा प्रवाह भएको कुल कर्जाको ७३.४८ प्रतिशत अर्थात् १ खर्ब २० अर्ब ७ करोड रुपैयाँ सेवा क्षेत्रमा गएको छ। औद्योगिक क्षेत्रमा २७ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन कुल कर्जाको १६.९६ प्रतिशत हो।

रोजगारीका अवसर सीमित रहेको संकेत वैदेशिक रोजगारीको तथ्यांकले पनि गर्छ। आर्थिक वर्ष २०८२/०८३ मा सुदूरपश्चिमबाट ६२ हजार ७३६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो अघिल्लो वर्षको तुलनामा ५३.७९ प्रतिशत बढी हो।

राष्ट्र बैंकको प्रतिवेदनले प्रदेशमा संकलित निक्षेपलाई कृषि, उद्योग, पर्यटन र स्थानीय उद्यममा परिचालन गर्ने सम्भावना औँल्याएको छ। जिल्लागत रूपमा कर्जा प्रवाहमा देखिएको असमानता र उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था सुदूरपश्चिमको आर्थिक विकासका लागि महत्वपूर्ण चुनौतीका रूपमा देखिएका छन्।

प्रकाशित: २०८३ कार्तिक १४ गते शुक्रबार ११:५३
प्रतिक्रिया

थप समाचार

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना