२०८३ कार्तिक १८ गते मङ्गलबार

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १८
madhav_nepal

काठमाडौँ: विराटनगरको सरकारी जग्गा निजी कम्पनीलाई सट्टापट्टा गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा तत्कालीन प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव, सहसचिव, विभिन्न सरकारी विभागका महानिर्देशकदेखि मालपोत, भूमिसुधार र स्थानीय तहका कर्मचारीसम्मलाई प्रतिवादी बनाइएको छ।

तत्कालीन संसदीय व्यवस्था तथा संस्कृति मन्त्रीसमेत रहेका डा मिनेन्द्र रिजाल, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरे लगायत ९७ जनालाई प्रतिवादी बनाइएको छ। तत्कालिन भूमिसुधारमन्त्री श्रेष्ठ र मुख्यसचिव घिमिरेको मृत्यु भैसकेकाले उनीहरूको हकमा बिगो असुलउपर गर्ने प्रयोजनका लागि सन्तोष श्रेष्ठ र कमला घिमिरेलाईलाई प्रतिवादी बनाइएको छ।

रियाज क्यानिङ एन्ड कम्पनी प्रालिले फलफूल उद्योग सञ्चालन गर्ने सर्तमा हदबन्दी छुट पाएको विराटनगरको जग्गा सर्तअनुसार प्रयोग नगरेको अवस्थामा पनि सरकारी अधिकारीहरूको मिलेमतोमा सट्टापट्टा गर्न स्वीकृति दिइएको आरोप अख्तियारको छ।

अख्तियारले उक्त प्रकरणमा सरकारी सम्पत्तिमा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बराबरको हानिनोक्सानी भएको दाबी गरेको छ। यही रकमलाई मुख्य बिगो कायम गरेर संलग्न सरकारी अधिकारी तथा कम्पनीका सञ्चालकविरुद्ध सजाय माग गरिएको छ।

प्रतिवादीहरूले आफ्नो पद र अधिकार प्रयोग गरेर सरकारी जग्गा जफत हुनुपर्ने अवस्थालाई बेवास्ता गरेको र निजी कम्पनीलाई लाभ पुग्ने गरी निर्णय गराएको दाबी गराएको आरोप अख्तियारको छ। तत्कालीन प्रधानमन्त्री  नेपालमाथि सरकारी जग्गा सट्टापट्टा गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजान भूमिका खेलेको आरोप छ।

रियाज क्यानिङ एन्ड कम्पनीले फलफूल उद्योग सञ्चालन गर्ने सर्तमा हदबन्दी छुट पाएको जग्गा सर्तअनुसार प्रयोग  नगरेको, उक्त जग्गा जफत गरी सरकारी तथा सार्वजनिक कायम गर्नुपर्ने अवस्था रहेको र त्यसको जानकारी हुँदाहुँदै तत्कालीन मुख्यसचिव र प्रधानमन्त्रीले जग्गा सट्टापट्टासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गराएको आरोप छ।

आरोपपत्र

प्रकाशित: २०८३ कार्तिक १८ गते मङ्गलबार ०२:११
प्रतिक्रिया

थप समाचार

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...

गोलबजारका पूर्वमेयर तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाखको मुद्दा

काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख...

किन पक्राउ परे लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?

काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार साँझ उनलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। उच्च तहको ‘सेटिङ’ (फिक्सिङ)...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना