२०८३ कार्तिक १९ गते बुधबार

च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
chyau

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बनेकी छन् ।

विसं २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउ खेती सुरु गरिन्। सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउ खेती सुरु गरेकी थापाले हाल पाँच वटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन्।

‘श्रीमान् बितेपछि केही गर्न पनि अरूसँग पैसा माग्नुपर्ने अवस्था आयो, अरूले पैसा छैन भन्दा नराम्रो लाग्थ्यो,’ उनले विगत सम्झँदै भनिन्, ‘अरूलाई पैसा माग्नुभन्दा आफैँ केही गरेर आत्मनिर्भर बन्ने सोच आयो।’

आत्मनिर्भर बन्नका लागि केही न केही गर्नुपर्छ भन्ने हुटहुटी रहेका बेला उहाँलाई आफन्तले च्याउ दिएको सम्झिन्छिन्। त्यसपछि च्याउ खेती गरेरै आत्मनिर्भर हुन सकिन्छ कि भनेर यसमा लागेको उनको भनाइ छ।

‘सुरुआतमा बीउ कहाँ पाइन्छ भन्ने पनि थाहा थिएन,’ उनले भनिन्, ‘पछि कृषि विज्ञान पढिरहेको छोराले च्याउ खेतीको किताब दियो।’ सुरुआती चरणमा च्याउ खेतीको पर्याप्त ज्ञान नहुँदा समस्या भोग्नु परेको उनको भनाइ छ।

सुरुमा किताबमा पढेर च्याउ खेती गर्ने प्रयास गरे पनि त्यसबाट अपेक्षित सफलता प्राप्त गर्न नसकेको उनको भनाइ छ। ‘आफैँले गरे जस्तो किताब पढेर मात्र नहुँदो रहेछ,’ उनले भनिन्, ‘सुरुआतमा पाँच वटा पोका च्याउ राखेको थिए कसरी राख्ने भन्ने ज्ञान नहुँदा त्यो सबै खेर गयो।’

अर्को वर्ष कृषि ज्ञान केन्द्र र च्याउ खेती गरेका अन्य किसानबाट खेती गर्ने तरिका सिकेपछि राम्रो उत्पादन भएको उनले बताइन्। ‘यहाँ जतिले च्याउ खेती गरेका थिए सबैको फर्ममा हेर्न गए उहाँहरूले पनि मलाई राम्रो सहयोग गर्नुभयो,’ थापाले भनिन्, ‘सुरुमा कसरी पराल काट्ने, कसरी राख्ने, कसरी उमाल्ने केही थाहा थिएन।’ च्याउ खेतीबाट आम्दानी हुन थालेपछि हरेक वर्षको नाफा पुनः व्यवसाय विस्तारमा लगानी गर्दै आएको उनको भनाइ छ।

अहिले च्याउ खेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशतसम्म नाफा हुने गरेको उनको भनाइ छ। ‘च्याउ खेतीबाट घर खर्च दुई वटा छोराको पढाइ खर्च चलेको छ,’ उनले भनिन्, ‘अहिलेसम्म आफ्नो पैसा च्याउ खेतीमा लगानी गरेको छैन बिक्रीबाट आएको नाफाबाट थप खेती गर्छु।’

उहाँका अनुसार वर्षमा एक हजार ५०० केजी च्याउ बिक्री हुने गरेको छ। त्यसबाट वार्षिक रु दुई लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ। ‘मेरो छोरा कृषि विज्ञान अध्ययन गर्दै छ उसले मलाई सहयोग गर्छ,’ उनले भनिन्, ‘अहिले हिउँद र वर्षातको समयमा च्याउ फलाउँछु यसबाट म आत्मनिर्भर छु।’

सुरुआतमा बाँसको टहरा बनाएर च्याउ खेती गर्दा हरेक वर्ष हावाहुरीका कारण छाना उड्ने समस्या भोग्नुपरेको उनले सुनाइन्।

कृषि ज्ञान केन्द्रबाट च्याउ खेतीसम्बन्धी कार्यक्रम सञ्चालन हुने जानकारी पाएर निवेदन दिएपछि सहयोग प्राप्त भएको उहाँको भनाइ छ। ‘ज्ञान केन्द्रबाट सहयोग प्राप्त भएपछि च्याउ खेतीलाई व्यवस्थित रूपमा अघि बढाउन सहज भयो,’ उनले भनिन्, ‘अहिले सिजनअनुसार कन्ने र मिल्की च्याउ उत्पादन हुन्छ यस वर्षदेखी डल्ले च्याउ पनि उत्पादन गर्ने तयारी गरेकी छु।’

उनले आफूले अझै धेरै उत्पादन गर्न सक्ने भए पनि बजारमा अन्यत्रबाट आयात भएको च्याउले गर्दा बिक्रीमा समस्या हुने गरेको बताइन्। आगामी दिनमा उत्पादन अझै बढाउने योजना रहे पनि बजारमा च्याउको उचित मूल्य नपाउँदा समस्या हुने गरेको उनको भनाइ छ।

‘धेरै उत्पादन बढाउने सोच थियो यहाँ बाहिरी जिल्लाबाट आउने च्याउ सस्तो हुन्छ हामीले मेहनतले उत्पादन गरेको मूल्य पाइँदैन,’ थापाले भनिन्, ‘स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरेर सहयोग गर्नुपर्छ।’ उत्पादन बढाउने सम्भावना भए पनि बजार मूल्य सुनिश्चित नहुँदा व्यवसाय विस्तारमा चुनौती रहेको उनको भनाइ छ

प्रकाशित: २०८३ कार्तिक १९ गते बुधबार ०९:२५
प्रतिक्रिया

थप समाचार

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

८० वर्षीय गोविन्दबहादुरको रहरलाग्दो सुपारीखेती …

उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन्। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ। लहरै लाइन मिलाएर...

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौँ: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी...

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौँका ३३ स्थान तोकिए

काठमाडौँः काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणका लागि महानगर क्षेत्रभित्रका ३३ स्थान तोकेको छ। महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना