२०८३ कार्तिक २३ गते आईतबार

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २३
Mustang turist 1

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्।

यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन्। भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्यामा सोचअनुसार आउन सकेका थिएनन्। तर, तिहार नजिकिएसँगै मौसम अनुकूल बन्दै गइरहेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

यहाँका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या दुई तिहाइले वृृद्धि भएको हो। तिहार पर्वको छेकोमा स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सहकारी, टोल समितिलगायतको व्यक्तिहरु मुस्ताङ घुम्न आउने गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। जसअन्तर्गत स्वदेशी पर्यटकको सङ्ख्या २७ हजार १०७ जना र विदेशी पर्यटकको सङ्ख्या आठ हजार ७५१ जना रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।

विदेशी पर्यटकतर्फ सार्क राष्ट्रबाट सात हजार ७१४ जना र अन्य राष्ट्रबाट एक हजार ३७ जनाले मुस्ताङको भ्रमण गरेका उनको भनाइ छ। तिहारको छेकोमा मुस्ताङ भ्रमणमा आएकामध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका र केही पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन्। मुस्ताङमा हिउँदयामको चिसो ह्वात्ते बढेका भए पनि छठ पर्वसम्म सरकारी बिदा पर्ने भएकाले स्वदेशी पर्यटकको आगमन रहिरहने पर्यटन व्यवसायीको भनाइ छ।

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा बर्सेनि सडक यातायात सहज भएसँगै पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ। यसपाली बेनी–जोमसोम सडक अवरुद्ध हुँदा र केही समय मौसम प्रतिकूलताका कारण पर्यटन आवागमनमा असर पुगेका तापनि गत वर्ष आगमन सङ्ख्यामा भने कुनै असर परेको देखिँदैन। पर्यटकीय अनुुकूलमा दिनहु हजारौँ पर्यटक मुस्ताङ भित्रिने गरेका हुन्छन् भने दसैँतिहार र छठ पर्वजस्ता चाडपर्वहरुमा स्कुल र कलेजका विद्यार्थी मुस्ताङ घुम्न आउँछन्।

मुस्ताङ घुम्न आएका पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन पहिलो गन्तव्य हुने गरेको छ। त्यसपछि भने कोरला नाका, लोमान्थाङ दरबार झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड तीर्थ, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जामसोम, मार्फा र थासाङ गाउँपालिकाको सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवलोकन गरी फर्किने गरेका छन्।

हिमाली जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा ,जैविक विविधता, रहनसहन र वेषभूषा र हिमाली सम्यताको अवलोकन गरी फर्किने गर्छन्। पछिल्लो समय नेपाल-चीन उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ।

प्रकाशित: २०८३ कार्तिक २३ गते आईतबार ०२:३३
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तातोपानी नाका अवरुद्ध हुँदा फलफूलको मूल्यमा चाप, उपभोक्तासँगै व्यवसायी पनि मारमा

काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ । नेपाल...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना