सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे। याे जितले सुदूरपश्चिम ८ अंक जाेड्दै प्लेअफनजिक पुगेकाे छ।

तेस्रो हार ब्यहाेरेकाे जनकपुरकाे भने प्लेअफकाे सम्भावना न्यून बनेको छ।

जितका लागि पाएकाे १२१ रनको लक्ष्य पछ्याएकाे जनकपुर १९.५ ओभरमा ९३ रनमा समेटियाे। जनकपुरका लागि तृतराज दासले २१ र जिमी निसमले २० रन जाेडे।

सुदूरपश्चिमका लागि स्कट कुइगलिनले ३ विकेट लिए।

यसअघि कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ राेजेकाेमा २० ओभरमा ९ विकेटको क्षतिमा १२० रन बनायाे। जसमा ब्रेन्डम म्याकुलमले ३३,थरिन्द रतनायिकेले २७ रन बनाए।

जनकपुरका लागि कप्तान हर्मित सिंहले ४ विकेट लिए।