काठमाडौं – मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियालाई हराउँदैन नेपालले उपाधि जितेको छ।
फाइनल खेलमा नेपालका शीर्षक्रमका ब्याटर नरेन भट्टले सानदार शतक प्रहार गरेपछि नेपालले निर्धायरत ३५ ओभरमा २५२ रन बनाएर २५३ रनको लक्ष्य दिएको थियो। जवाफमा मलेसिया १४ ओभर पाँच बलमा ३१ रन बनाएर अलआउट भएपछि नेपालले सानदार जित निकालेको हो। नेपालको जित २२१ रनको रह्यो।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले। उनको सतकमा नेपालले आठ विकेट गुमाएर ठूलो लक्ष्य दिएको थियो।
नेपालको पहिलो विकेटका लागि ओपनरद्वय निरज यादव र सुर्यांशु कोईरालाले ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाए। खेलमा यादवले ४९ बलमा ४७ रनर आउट भए। उनी अर्धसतक बनाउन मात्र तीन रनले चुके। त्यस्तै, कोईरालाले २३ बलमा १८ रन बनाए।
त्यस्तै, दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ रनको महत्वपर्ण साझेदारी गरे। ओपनरसमेत रहेका सानदार पारी खेले पनि तेस्रो र चौथो विकेटका लागि उल्लेखनिय साझेदारी हुन सकेन। पाँचौं विकेटका लागि सन्तोष यादव र नरेन भट्टले १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याएका थिए।
सन्तोष यादवले २६ रन, अशोक धामीले १२ रन बनाएका थिए। यता मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १–१ विकेट लिए।
जवाफमा मलेसियाका मुहम्मद अक्रमले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन्। नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिए। सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १–१ विकेट लिएका थिए।


