२०८३ कार्तिक २२ गते शनिवार

स्थानीय तहले २० प्रतिशत भन्दा धेरै रकम खर्च गर्नै सकेनन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २०
nepalclicks

बैतडी- चालु आर्थिक वर्ष २०७९–८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन्। यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको रु एक अर्ब ६९ करोड ४८ लाख कुल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको छ। सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चौडी नगरपालिकाले गरेको छ। मैलौलीले ४८ दशमलव ८२ प्रतिशत र पुर्चौँडीले ९१ दशलमव ८९ प्रतिशत विकासे बजेट खर्च गरेका छन्।

पञ्चेश्वर गाउँपालिकाले रु १२ करोड ५८ लाख पुँजीगत बजेटमध्ये ८८ दशमलव ८१ प्रतिशत मात्रै खर्च गरेको छ। चालुुतर्फको रु ३० करोड २९ लाखमध्ये ८३ दशमलव ३६ प्रतिशत खर्च गरेको छ। दोगडाकेदार गाउँपालिकाले रु १५ करोड ७३ लाख पुँजीगत बजेटमध्ये ८६ दशमलव ९० प्रतिशत खर्च गरेको छ। चालुतर्फ भने रु ४१ करोड ४७ लाखमध्ये ९२ दशमलव ७० प्रतिशत खर्च गरेको मगरातीले जानकारी दिए।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले रु १९ करोड ६९ लाख विकासे बजेटमध्ये ८६ दशमलव ३९ प्रतिशत र चालुतर्फको रु ४५ करोड ५२ लाखमध्ये ९५ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको छ। सिगास गाउँपालिकाले रु १७ करोड ६८ लाख पुँजीगत बजेटमध्ये ८४ दशमलव ८१ प्रतिशत खर्च गरेको छ भने चालुतर्फको रु ३८ करोड ८६ लाखमध्ये ९२ दशमलव ८८ प्रतिशत खर्च गरेको छ।

प्रमुख मगरातीका अनुसार डिलाशैनी गाउँपालिकाले रु १७ करोड ५० लाख पुँजीगत बजेटमध्ये ८३ दशलमव ३१ प्रतिशत खर्च गरेको छ। चालुतर्फको रु ३२ करोड ३९ लाखमध्ये ९१ दशमलव ८९ प्रतिशत खर्च गरेको छ। सुर्नया गाउँपालिकाले रु ११ करोड ४९ लाख पुँजीगत बजेटमध्ये ८१ प्रतिशत मात्रै खर्च गरेको छ। चालुतर्फको रु ३६ करोड १८ लाखमध्ये ९३ दशमलव ६७ प्रतिशत खर्च गरेको छ।

यस्तै शिवनाथ गाउँपालिकाले रु १४ करोड ११ लाख पुँजीगत बजेटमध्ये ७६ दशमलव ७७ प्रतिशत तथा चालुतर्फको रु २५ करोड ५५ लाखमध्ये ९१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ। पाटन नगरपालिकाले रु २० करोड १८ लाखमध्ये ७० दशमलव ७४ प्रतिशत पँुजीगत खर्च गरेको छ। चालुतर्फ रु ४८ करोड २९ लाखमध्ये ८८ दशमलव ८५ प्रतिशत खर्च गरेको छ।

यसैगरी पुर्चौडी नगरपालिकाले चालुतर्फको रु ४७ करोड १० लाखमध्ये रु ४३ करोड ८० लाख अर्थात् ९३ प्रतिशत खर्च गरेको छ। मेलौली नगरपालिकाले ४८ दशमलव ८२ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च गरेको छ। उसले रु १९ करोड ३० लाखमध्ये रु नौ करोड ४२ लाख मात्र खर्च गरेको छ। यस्तै नगरपालिकाले चालुतर्फको रु ३६ करोड ३७ लाखमध्ये रु ३१ करोड ३१ लाख अर्थात् ८६ दशमलव ०९ प्रतिशत खर्च गरेको छ।

नगर प्रमुख भीमबहादुर चन्दले कर्मचारी अभाव र भुक्तानी प्रक्रिया ढिला गरिँदा विकासे बजेट खर्च गर्न नसकिएको बताए। उनले भने, ‘कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विकासे बजेट कम खर्च भएको हो। भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च बढ्छ।’

प्रकाशित: २०८० असार २० गते बुधबार ११:५४
प्रतिक्रिया

थप समाचार

धनुषाका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन्। यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी...

१० स्थानीय तहले ल्याए बजेट, ७४३ तहमा अन्तिम तयारी

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन्।  स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना