काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ। प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विषयलाई लिएर बैठकमा एमालेले अवरोध गरेको हो।
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली गएको भनेर अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति स्वीकार्य नभएको नभएको एमालेको भनाइ छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले समर्थन गरेका छन्। एमालेको विरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
बुधबार दिउँसो बसेको राष्ट्रियसभा बैठकमा पनि एमालेले अवरोध गरेको थियो।














