ललितपुर- सार्वजनिक जग्गालाई व्यापारिक प्रयोजनमा लगाउनका लागि भूमाफियासँग सम्झौता गरिएको भन्दै ललितपुर महानगर अगाडि प्रदर्शन गरिएको छ।
महानगर अगाडि विभिन्न टोल विकास संस्थालगायतका सामाजिक संस्थाले प्रदर्शन गरेका हुन्।
महानगरले जनताको इच्छा विपरीत निर्णय गरेको भन्दै प्रदर्शन भएको हो।










