काठमाडौं – अभिनेता शारुक ताम्राकारको निधन भएको छ।
३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।
फिल्म (ह्यासट्याग माया)को छाँयाकन गरेर उनी हिजो घर फर्केका थिए। तर उनी बिहान मृत फेला परेका हुन्।
उनी कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ईन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी, नमरि बाचेलगायतका फिल्ममा काम गरिसकेका छन्। अहिले ४५ प्रतिशत मात्र छायाकंन सकिएको फिल्म ह्यासट्याग मायामा उनीको रोल महत्वपूर्ण रहेको भनिएको छ।
घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।


