नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले थ्री नेसन्स कपमा लाओसविरुद्ध खेल्ने खेलाडीको सूची सार्वजनिक गरेका छन्।
उनले सार्वजनिक गरेको सूचीमा किरणकुमार लिम्बू, विकास खवास, अनन्त तामाङ, नवीन लामा, अरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ र रोहित चन्द मैदानमा हुनेछन्।
साँझ ६ बजे सुरु दशरथ रंगशालामा सुरु हुने खेलमा लिम्बूले कप्तानी सम्हाल्नेछन्। उनी नेपाली टिमका गोलकिपर हुन्। लाओसले भने सौकाफोन भोङचिनखामको कप्तानीमा टोलीलाई मैदान उतार्दै छ।


